सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

मर्जमा जाने भएपछि दाेस्राे बजारमा सिभिल बैंकको सेयर मूल्य उचालियो, कतिसम्म पुग्ला?

बुधबार, असार २२ २०७९
मर्जमा जाने भएपछि दाेस्राे बजारमा सिभिल बैंकको सेयर मूल्य उचालियो, कतिसम्म पुग्ला?

काठमाडौं- हिमालयन बैंकसँग सिभिल बैंक मर्ज हुने भएपछि दोस्रो बजारमा सेयर मूल्य उचालिएको छ। सिभिल बैंकको बुधबार नै ७ प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता २१४ रुपैयाँमा कारोबार भएको छ।  

मंगलबार साँझ बसेको २ बैंकका व्यवस्थापकहरुको बैठकले मर्जरमा जाने सहमति गरेका थिए। हिमालयन र सिभिल बैंकबीच १००ः८१ मा मर्जर सहमति भएको छ। सिभिल बैंकको बुधबार सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँ बढेको छ।

पछिल्लो ५२ हप्तामा ३१६ रुपैयाँसम्म पुगेको मूल्य पछि घटेर १९४ रुपैयाँमा आइपुगेको थियो। सिभिल बैंकको सेयर किन्दा केही फाइदा हुने भएकोले अझै केही दिन सेयर मूल्य बढ्ने अनुमान गरिएको छ। यता हिमालयन बैंकको सेयर मूल्य भने घटेको छ। बैंकको प्रतिकित्ता ६ रुपैयाँले घटेर ३०२ रुपैयाँमा कारोबार भएको छ। बैंकको एकवर्ष अगाडि ४८४ रुपैयाँमा कारोबार भएको थियो।

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ। सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, असार २२ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend