काठमाडौं- कुमारी बैंकले ८.६७ प्रतिशत घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ पुग्नेछ।