काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री फेरिएलगत्तै यातायात व्यवस्था विभागमा महानिर्देशक परिवर्तन भएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका महानिर्देशक नमराज घिमिरेलाई मन्त्रालयमा तान्दै उनको स्थानमा सुरेश राउत नियुक्त भएका छन्।
मन्त्रालयको जिम्मेवारीमा गएको सोमबार मात्रै मन्त्री रेनु यादवको स्थानमा मोहम्मद इस्तियाक राई आएका थिए। मन्त्री राई आएको केही दिनमै विभागका महानिर्देशक परिवर्तन भएका हुन्।
विभागको महानिर्देशकबाट हटाइएका घिमिरे २०७७ चैतमा महानिर्देशक भएका थिए।