सोमबार, असोज ७ गते २०८१    
images
images

आर्थिक समस्या परेको भन्दै सेयर निष्काशन ६ महिनापछि गर्न आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २२ २०७९
images
images
आर्थिक समस्या परेको भन्दै सेयर निष्काशन ६ महिनापछि गर्न आग्रह

जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ।

images
images

रसुवा- रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ।

images
images
images

१ सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता सेयर बिक्री खुला गरेको थियो। आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन्।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत्को सेयरसमेत स्थगन गर्न माग गरेको छ। दुवै आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

रसुवाका पाँचवटै गाउँपालिका प्रमुख तथा उपप्रमुख, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ, राजनीतिक दलका जिल्लास्थित प्रमुख/प्रतिनिधि, नागरिक समाजलगायतले सेयर बिक्री ६ महिनापछि मात्र खुलाउन माग गरेका हुन्। 

images

जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ।

रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ। राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा नं १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई सेयरको व्यवस्था गर्न समेत माग गरिएको छ। रासस


प्रकाशित : बुधबार, असार २२ २०७९०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend