सोमबार, असोज ७ गते २०८१    
images
images

हिमालयन र सिभिल बैंकबीच मर्जरमा सहमति, स्वाप रेसियो कति?

मर्जरपछि बैंक अध्यक्ष र सीईओ काे-को हुने भन्ने विषयमा सहमति हुन बाँकी

images
बुधबार, असार २२ २०७९
images
images
हिमालयन र सिभिल बैंकबीच मर्जरमा सहमति, स्वाप रेसियो कति?
images
images

काठमाडौं- हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा सहमित भएकाे छ। म‌ंगलबार साँझ बसेकाे २ बैंकका व्यवस्थापकहरु बैठकले मर्जरमा जाने सहमति गरौको हाे। हिमालयन र सिभिल बैंकबीच १००:८१ मा मर्जर सहमति भएको हिमालयन बैंक उच्च स्राेले जानकारी दिएको छ।

images
images
images

तर मर्जरपछि बैंकको अध्यक्ष तथा सीईओको बन्ने विषयमा भने सहमति हुन बाँकी छ।  हिमालयन र सिभिल बैंकले लामो समयदेखि मर्जरमा जानेगरी छलफल तीब्र पारेका थिए। स्रोतका अनुसार हिमालयनले १००:७० को स्वाप रेसियो दिने प्रस्ताव सिभिललाई गराएको थियो।

तर सिभिलले ९० भन्दा तल मर्जरमा नजाने बताएको थियो। हिमालयनसँग स्वाप रेसियोमा कुरा नमिलेपछि सिभिलले मर्जरका लागि सिटिजन बैंकसँग पनि छलफल सुरु गरेको थियो। 

सिभिलको अडान तथा अन्य बैंकसँग मर्जरका लागि छलफल थालेपछि मर्जरमा जानु पर्ने बाध्य भएको हिमालयन पुन: सिभिलसँग मर्जरको छलफललाई तिब्रता दिएको थियो। अन्ततः २ बैंकले आफ्नो अडान छोडेर १००:८१ स्वाप रेसियोमा मर्जर सहमति गरेका हुन्।

images

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंकले पनि मर्जरमा हिमालयन बैंकलाई नै प्राथमिकतामा राखेको थियो। इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले जसरी पनि एक बैंकसँग मर्जरमा जानु पर्ने थियो।

२२ अर्ब चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ। चुक्ता पुँजीको हिसाबले ग्लोबल आईएमईपछिको दोस्रो बैंक हुने छ। सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। 

हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, असार २२ २०७९०३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend