सोमबार, असोज ७ गते २०८१    
images
images

डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर, अर्थतन्त्रलाई लाभभन्दा हानी धेरै

images
बुधबार, असार २२ २०७९
images
images
डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर, अर्थतन्त्रलाई लाभभन्दा हानी धेरै

डलरसँग नेपाली रुपैयाँ कमजोर हुनेक्रम रोकिएको छैन। पछिल्लो समय डलरको भाउ दिन प्रतिदिन बढ्दै गएको छ। १ अमेरिकन डलर बुधवारका लागि १२७.३० रुपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- डलरसँग नेपाली रुपैयाँ कमजोर हुनेक्रम रोकिएको छैन। पछिल्लो समय डलरको भाउ दिन प्रतिदिन बढ्दै गएको छ। बुधवार १ डलरको मूल्य १२७.३० कायम भएको छ।

images
images
images

डलरको भाउ बढ्दै गएपछि नेपालको अर्थतन्त्रमा झनै समस्या पार्दै गएको छ। जसका कारण आयात गरिने समानको मूल्यमा ढुकुटीबाट ठूलो मात्रमा डलर पाठउँदा डलर सञ्चिति घट्नेक्रम झनै बढ्ने निश्चित छ। 

पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। अमेरिकी डलर बलियो हुँदा नेपालको अर्थतन्त्रलाई लाभभन्दा धेरै हानी हुन्छ। 

आयातमा आधारित अर्थतन्त्र भएकाले गर्दा नेपालले प्राप्त गर्ने रेमिट्यान्सबाहेक अरु कुनै पनि लाभ नेपाली अर्थतन्त्रले लिँदैन। समग्रमा डलरको भाउ उच्च हुँदा सर्वसाधारणको दैनिकी नै महँगो हुन्छ। 

images

डलरको भाउ उच्च हुँदा जनताको दैनिकी मात्र होइन राज्यको ढुकुटी पनि दबाबमा पर्छ। डलरको भाउ उच्च हुँदा सबैभन्दा पहिला सरकारी ढुकुटीमा दबाब पर्ने भनेको ऋणको दायित्वले हो। निरन्तर घाटा बजेट बनाउँदै आएको नेपाल सरकारका लागि विदेशी विनिमयको दर बढ्दा दायित्व बढ्छ।


प्रकाशित : बुधबार, असार २२ २०७९०२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend