सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

संकटको बेला सबै कुरा सहज हुँदैन, ब्याज बढ्न सक्छ : गभर्नर अधिकारी

मंगलबार, असार २१ २०७९
संकटको बेला सबै कुरा सहज हुँदैन, ब्याज बढ्न सक्छ : गभर्नर अधिकारी

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीले अहिले संकटको बेला भएकाले सबै कुरा सहज नहुने भन्दै ब्याज बढ्न सक्ने बताएका छन्। 

नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अहिलेको अवस्था सहज बनाउने गरी कामहरू गरिरहेको बताएका छन्। 

'अहिले करिब ५५ खर्बको स्रोत छ। यो सानो होइन। जीडीपीभन्दा बढी हो। सीआरआर घटेर ३ प्रतिशतमा झरेको छ। पोलिसी दर ७ प्रतिशत छ। हामीले यो बढाएका हौँ। एसएलआर पनि बढाएका छैनौँ', उनले भने, 'कोभिडको बीचमा ब्रेदिङ स्पेर भएन र व्यापार चलाउन चालू पुँजीको अभाव भयो भनेर भुक्तानीदेखि पुनर्तालिकीकरण गर्‍यौँ। बैंकलाई पनि सहज बनाइयो।'

प्रणालीलाई सजिलो बनाउनका लागि काम गरेको बताउँदै उनी भन्छन्- 'नियामकीय राहत दिइयो। किनभने त्यतिबेला अवस्था भयावह थियो। त्यसले रिबाउन्ड भएको थियो अर्थतन्त्र। स्पष्ट भीसेप थियो। तर युक्रेनको असर आइदियो। यसले मूल्यमा दबाब पर्‍यो। ठूला अर्थतन्त्रले नीतिगत उपकरण चलाए। त्यसकको असर संसारभर देखिन्छ। देखियो।'

कोभिडमा दिएको राहत सँधैका लागि नभएको पनि उनले बताए। कोभिडमा दिइएका राहतका विषयलाई विस्तारै हटाउने काम सुरु गरिसकेको र विस्तारै हटाउँदै जानुपर्ने उनले बताए।

उनले अघि थपे- 'जुन ५५ खर्बको स्रोतको परिचालनको मुख्य उद्देश्य छ त्यो आन्तरिक उत्पादनमा परिचालन गर्ने हो। अहिले पनि ४३ प्रतिशत ऋण अनडिमान्ड छ। त्यो आउँछ। यो स्रोत उत्पादनमा लाएनौँ भने आयातमै निर्भर हुनुपर्छ। यसो भनेको दु:ख गरेर पठाएको विदेशी मुद्रा खर्चिनुपर्छ।'


प्रकाशित : मंगलबार, असार २१ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend