बिहीबार , वैशाख १३ गते २०८१    
images
images

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा देलान्? गगनको अभिव्यक्तिप्रति प्रधानमन्त्री देउवा नै असन्तुष्ट

प्रधानमन्त्री देउवाले गगन थापालाई भने- आवश्यक परे उच्च तहमा छलफल हुन्छ, यसलाई मुद्दा बनाउन जरुरी छैन

images
images
images
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा देलान्?  गगनको अभिव्यक्तिप्रति प्रधानमन्त्री देउवा नै असन्तुष्ट

बालुवाटार स्रोत भन्छः सिसिटिभी प्रकरणमा अर्थमन्त्रीलाई राजीनामा गराउने पक्षमा प्रधानमन्त्री र प्रचण्ड दुवै छैनन्

images
images

काठमाडौं- कांग्रेस महामन्त्री गगन थापाले सोमबार संसदबाहिर निस्किएर अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएपछि गठबन्धनमै तरंग सृजना भएको छ। 

images
images
images

माओवादी अध्यक्ष प्रचण्डले महामन्त्री थापाले गठबन्धनको मर्मविपरीत बोलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष असन्तुष्टि जाहेर गरेका छन्। तर माओवादीभित्र कै एउटा खेमा यतिबेला अर्थमन्त्री शर्माले राजिनामा दिनुपर्ने पक्षमा छ। 

images

के थापाले भनेजस्तै प्रधानमन्त्री देउवाले अर्थमन्त्री हटाउन सक्छन्? या अर्थमन्त्री स्वयम्ले राजीनामा देलान्? तर, बालुवाटार तथा माओवादी पार्टीभित्रको उच्च स्रोत भन्छ, सिसिटिभी प्रकरणमा अर्थमन्त्री शर्मालाई राजीनामा गराउने पक्षमा न प्रधानमन्त्री देउवा छन् र न माओवादी अध्यक्ष प्रचण्ड नै।

images

बरु प्रधानमन्त्री देउवाले गगन थापालाई बोलाएर उनको अभिव्यक्तिले गठबन्धनमा नै समस्या परेको बताएका छन्। मंगलबार प्रधानमन्त्री देउवाले महामन्त्री थापालाई बालुवाटारमै बोलाएर सिसिटिभी प्रकरणलाई अनावश्यक मुद्दा नबनाउन निर्देशन दिएका थिए। उनले महामन्त्री थापालाई भने, ‘आवश्यक परे उच्च राजनीतिक तहमा यसबारे छलफल हुन्छ, यो विषयलाई मुद्दा बनाउन आवश्यक छैन।’ 

images
images

बजेट निर्माणको बेला अनाधिकृत व्यक्तिको प्रवेश गराएको आरोप अर्थमन्त्रीमाथि लागेको छ। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको विरोधमा सडकमा समेत आन्दोलन गर्दै आएको छ। 

यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्मविपरीत अर्थमन्त्रीलाई निसाना नबनाउन प्रधानमन्त्रीसँग भनेको बालुवाटार स्रोतले जानकारी दियो। ‘मन्त्री फेर्नुपरे सम्पूर्ण सेट नै फेर्ने गरी कुरा गरौँला, अहिलेको विवादलाई लिएर अर्थमन्त्री मात्रै फेर्ने विषयमा छलफल नगरौँ,’ प्रचन्डले प्रधानमन्त्रीसँग गरेको कुराकानीलाई उद्घृत गर्दै बालुवाटार स्रोतले बतायो। मंगलबारकाे मन्त्रीपरिषद् बैठकमा यस विषयमा कुनै पनि कुरा नभएकाे एक मन्त्रीले बिजनेश न्युजलाई जानकारी दिए। प्रधानमन्त्री देउवा माओवादी पार्टीले नै अर्थमन्त्रीका विषयमा निर्णय गरोस् भन्ने पक्षमा छन्। 

माओवादीको केन्द्रीय समिति बैठक चलिरहेका बेला यो विषयले पार्टीभित्र प्रवेश पाएको छ। तर, अर्थमन्त्री शर्माको अपमानजनक विदाई गर्ने पक्षमा माओवादी छैन। सबै मन्त्री फेरिँदा अर्थमन्त्रीको विषयमा पनि विचार हुने भयो तर एकल रुपमा कुनै निर्णय नहुने जवाफ प्रचन्डले दिएको माओवादी स्रोतले बतायो।

अर्थमन्त्री छोड्नुपरेको खण्डमा माओवादीले गृह मन्त्रालय दाबी गर्ने र कांग्रेसले अर्थमन्त्री लिने भद्र सहमती समेत भएको बालुवाटार स्रोतको दाबी छ। मन्त्रिपरिषद् पुनर्गठन गरेर अर्थ मन्त्रालय कांग्रेसले लिएको खण्डमा अर्थमन्त्रीका लागि उद्योगपति तथा सांसद विनोद चौधरी, डा. मिनेन्द्र रिजाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

अर्थतन्त्रका अधिकांश सूचक खराब हुँदै गए पनि राजनीतिक नेतृत्व बेखबर रहेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ। 

images

प्रकाशित : मंगलबार, असार २१ २०७९०३:५५

प्रतिक्रिया दिनुहोस