सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

गभर्नरलाई महासंघ वरिष्ठ उपाध्यक्ष ढकालको सुझाव : आर्थिक चुनौतीको समाधान खोज्नेगरी मौद्रिक नीति आओस्

मंगलबार, असार २१ २०७९
गभर्नरलाई महासंघ वरिष्ठ उपाध्यक्ष ढकालको सुझाव : आर्थिक चुनौतीको समाधान खोज्नेगरी मौद्रिक नीति आओस्

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिलेको मौद्रिक नीति सन्तुलित हुनुपर्ने बताएका छन्। 

निरन्तरको तरलता समस्या, विदेशी मुद्राको घट्दो सञ्चिति, बढ्दो आयातका बीचमा आउने नीति निकै सन्तुलित हुनुपर्ने उनको भनाइ छ। 

साना तथा लघु उद्यम, जलवद्युत लगायतका क्षेत्रलाई अनिवार्य प्रबर्द्धन हुनेगरी नीति आउनुपर्ने उनको भनाइ छ। 

कोरोना महामारीको प्रभाव अझै नसकिएका उद्योग तथा व्यावसायलाई पनि छोड्न नुहने तथा जटिल आर्थिक अवस्था दुवै चुनौतीलाई निकास दिनेगरी नीति आउने ढकालको विश्वास छ।


प्रकाशित : मंगलबार, असार २१ २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend