सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

एकल अंकको ब्याजदरबिना उच्च आर्थिक वृद्दि हुँदैन : अग्रवाल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २१ २०७९
एकल अंकको ब्याजदरबिना उच्च आर्थिक वृद्दि हुँदैन : अग्रवाल

काठमाडौं-  नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लचिलो मौद्रिक नीति ल्याउनुपर्ने धारणा राखेका छन्।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अग्रवालले नियामकीय उपकरणबाटै पुँजी व्यवस्थापन सहजै हुने भएकाले गभर्नर महाप्रसाद अधिकारीलाई नडराउनआग्रह गरेका छन्। 

सीडी रेसयो लगायतका अन्य अहिलेका मौद्रिक व्यवस्थालाई हटाए खुकुलो बनाउनुपर्ने र यसबाट आन्तरिक तरलता व्यवस्थापन हुने उनको भनाइ छ। 

अग्रवालले एकल अंकको ब्याजदरबिना उच्च आर्थिक वृध्दिदर नहुने भएकाले राष्ट्र बैंकले यसका लागि पहल गर्नुपर्ने बताएका छन्।

आयात रोकेर विदेशी मुद्राको व्यवस्थापन नहुने उनको भनाइ छ। बरु विदेशी मुद्रा प्राप्तिका नयाँ विकल्प खोज्नुपर्ने उनको सुझाव छ। नेपालमा सबै कुरा प्रतिबन्ध लगाएर जाने चलन भएको र यसले नयाँ सम्भावना रोक्ने उनको भनाइ छ।


प्रकाशित : मंगलबार, असार २१ २०७९११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend