काठमाडौं- नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले बजेटमा समेटिएका उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्।
अर्थतन्त्रको अवस्थाले विस्तारकारी नीती आउने सम्भावना नभए पनि उत्पादन बढाउनका लागि राष्ट्र बैंकले मध्यमार्गी नीति ल्याउनुपर्ने उनको भनाइ छ।
बैंकिङमा अहिले पनि कयौं नियामकीय व्यवस्थाले पुँजी संकुचित गरेको र संकटको बेला यस्तम कुरामा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।
वैदेशिक मुद्राको सञ्चिति घट्दै गएकाले आयात निरुत्साहित गर्ने अहिलेको व्यवस्था निरन्तर गर्नुपर्ने उनको भनाइ छ।
पुँजी व्यवस्थापनका लागि भेन्चर क्यापिटलदेखि ग्रिन बन्डसम्मका लागि बिकल्प खोज्नुपर्ने उनले बताए।