मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

बैंकर्स संघका अध्यक्ष भन्छन्- बैंक र व्यापारीको केन्द्रबिन्दु नाफा हो, खुला र प्रतिस्पर्धी हुनुपर्छ 

मंगलबार, असार २१ २०७९
बैंकर्स संघका अध्यक्ष भन्छन्- बैंक र व्यापारीको केन्द्रबिन्दु नाफा हो, खुला र प्रतिस्पर्धी हुनुपर्छ 

नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यायले पुँजीको उपलब्धतता न्यून हुँदै गएको बताएका हुन्।

काठमाडौं- नेपाल बैंकर्स  संघका अध्यक्ष अनिलकुमार उपाध्यायले आर्थिक स्थिरिताका लागि सबै नीतिको केन्द्र स्रोत व्यवस्थापन हुनुपर्ने बताएका छन्। 

नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यायले पुँजीको उपलब्धतता न्यून हुँदै गएको बताएका हुन्।

मागको तुलनामा उपलब्ध पुँजी न्यून हुँदै गएको र यसको ग्याप फराकिलो भइरहेको उनको भनाइ छ। 'गएको १० वर्षको तथ्यांक हेर्ने हो भने दुईवटा अवस्थामा मात्र हामीले पर्याप्त पुँजीमा काम गरेका छौं। भूकम्प र कोरोना महामारीमा। यस बाहेक स्रोतको अभाव भइ नै रहेको छ,' उनले भने।

बैंकिङ पनि व्यापारिक सेवा नै भएकाले यसको नाफाका बारेमा भइरहेको आलोचनाप्रति उनले असन्तुष्टि व्यक्त गरे। 

'ऊद्योगी र व्यापारी सबै नाफाकै लागि हिड्ने हो र नाफ र प्रतिस्पर्धाका लाागि सबै तयार हुनुपर्छ। संरक्षित वातावरणमा यी दुबै हुँदैनन्' उनले भने।

प्रकाशित : मंगलबार, असार २१ २०७९११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend