मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाए प्रतिकित्ता १२३९ रुपैयाँ, हकप्रदको चर्चाकै बीच सेयर मूल्य लगातार घट्दो ट्रेण्डमा

मंगलबार, असार २१ २०७९
पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाए प्रतिकित्ता १२३९ रुपैयाँ, हकप्रदको चर्चाकै बीच सेयर मूल्य लगातार घट्दो ट्रेण्डमा

कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ।

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो एक वर्ष दोस्रो बजारमा एकछत्र राज गरेको थियो। पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। 

उच्च मूल्यबाट कम्पनीको सेयर मूल्यबाट १२३९ रुपैयाँ घटेर मंगलबार ७७१ रुपैयाँमा कारोबार भएको छ। नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो।

एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५९१ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले घटेर ७७१ मा झरेको छ। कम्पनीले गत वर्ष १९ प्रतिशत लाभांश दिएको थियो। 

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले यो वर्ष ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। 

nric.PNG

कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।

कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने नीतिसमेत लिएको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद दिएर चुक्तापुँजी बढाउने रणनीतिमा रहेको छ। 

नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ।


प्रकाशित : मंगलबार, असार २१ २०७९११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend