मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सुधारको आश देखिएको सेयर बजार फेरि ओरालोतिरै, थामिने बिन्दु कुन होला?

मंगलबार, असार २१ २०७९
सुधारको आश देखिएको सेयर बजार फेरि ओरालोतिरै, थामिने बिन्दु कुन होला?

काठमाडौं- थामिने संकेत गरिरहेको सेयर बजार पुन: ओरालोतिर लागेको छ। नियामकीय सुधारका लागि भइरहेका प्रयास र संगठित लगानीकर्ताहरूको दबाबका बीच सुधार देखिएको बजारमा अहिले फेरि संकट देखिएको हो। 

सोमबार उतारचढाव हुँदै ओरालो लागेको बजार मंगलबार पनि राताम्य भएको छ। मंगलबार ४६.०८ अंकले घटेर बजार २०३०.५९ बिन्दुमा झरेको छ। मंगलबार २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १७५ कम्पनीको सेयरमूल्य घटेको छ। १७ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता १६६.७ अंकको वृद्धि देखिएको सेयर बजारले सकारात्मक संकेत गरेको थियो। यो साता पनि आइतबार ५७.६१ अंकले बढेको बजारमा सोमबार व्यापक उतारचढाव भएको थियो। सोमबार चलखेलमा देखिएको बजारमा अन्तिम समयतिर ओरालो लाग्दै ९.७५ अंकले घट्दै २०७६.६७ बिन्दुमा झरेको थियो। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण भइरहेका छन्। पछिल्लो हप्ता देखिएको सुधारले पनि बजारले सकारात्मक बाटोको संकेत गर्न सकेन। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। पछिल्लो दुई हप्ताको अवस्था हेर्दा ठूला लगानीकर्ताकै चङ्गुलमा बजारमा उतारचढाव भइरहेको देखिन्छ। 

मौद्रिक नीतिमा पुँजी बजारलाई हुने सम्बोधनमार्फत लगानीकर्ताले आउँदो दिनको योजना बनाउने विश्लेषकहरू बताउँछन्। यस्तोमा अर्थमन्त्री फेरिने चर्चाले पनि बजारमा प्रभाव परिरहेको छ। 


प्रकाशित : मंगलबार, असार २१ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend