मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

असार लागेपछि बढ्न थाल्यो निक्षेप, दुई हप्तामा थपियो ३६ अर्ब 

ऋण प्रवाह ठप्प 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २१ २०७९
असार लागेपछि बढ्न थाल्यो निक्षेप, दुई हप्तामा थपियो ३६ अर्ब 

तरलता अभाव भएपछि बैंकहरूले बैशाखदेखि नै ऋण प्रवाह ठप्प पारेका छन्। अहिले आएर निक्षेप थपिएपनि ऋण प्रवाह भने अझै बढ्न सकेको छैन। 

काठमाडौं- असार लागेपछि बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेको छ। 

असार सुरु भएपछि वाणिज्य बैंकहरूमा ३६ अर्ब निक्षेप थपिएको छ। बैकर्स संघको तथ्यांक अनुसार असार ३ गतेदेखि १७ गतेसम्म ३६ अर्ब निक्षेप थपिएको छ। 

असार ३ गते वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ९४ अर्ब पुगेको थियो। असार १७ गते बढेर ४४ खर्ब ३२ अर्ब पुगेको छ। यो बीचमा विदेशी मुद्राको निक्षेप भने स्थिर रहेको छ। असार ३ गतेकै बिन्दुमा कायम रहेको छ। स्थानीय मुद्रामा मात्र निक्षेप वृद्धि भएको छ। 

असार सुरु भएपछि सरकारी भुक्तानी बढिरहेको छ। यसकै प्रभावस्वरूप बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको हो। 

निक्षेप बढे पनि ऋण प्रवाह भने ठप्पजस्तै बनेको छ। असार ३ गतेको तुलनामा ऋण प्रवाह अझ घटेको छ। असार ३ गते वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ८८ अर्ब पुगेको थियो भने १७ गते घटेर ४१ खर्ब ८४ अर्बमा सीमित भएको छ। 

तरलता अभाव भएपछि बैंकहरूले बैशाखदेखि नै ऋण प्रवाह ठप्प पारेका छन्। अहिले आएर निक्षेप थपिएपनि ऋण प्रवाह भने अझै बढ्न सकेको छैन। 


प्रकाशित : मंगलबार, असार २१ २०७९०८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend