मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

बीगमार्टमा आइएमई पे एप मार्फत पैसा तिर्दा १५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २१ २०७९
बीगमार्टमा आइएमई पे एप मार्फत पैसा तिर्दा १५ प्रतिशत छुट

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

काठमाडौं- आइएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिने छ ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम २५ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : मंगलबार, असार २१ २०७९०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend