शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

आन्तरिक उडानमा पहिलोपटक यती एयरलाइन्सले 'इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा' सुरु गर्दै

images
images
images
आन्तरिक उडानमा पहिलोपटक यती एयरलाइन्सले 'इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा' सुरु गर्दै

वायुयानभित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत-संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरू राखिने

images
images

काठमाडौं- आन्तरिक उडानमा यात्रुहरूलाई नेपालमै पहिलो पटक यती एयरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ। 

images
images
images

आफ्ना यात्रुहरूलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको बताउँदै एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने जनाए। 

images

इन्फ्लाइट मनोरञ्जनका लागि वायुयानभित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत-संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरू राखिने उनको भनाइ छ।

images

उनले भने, 'यती एयरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ।'

images
images

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभइ फ्लाइटबाटै क्याब तथा होटलहरू बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरू पनि  हुने उनले बताए।

यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने उद्देश्यले आवश्यक तयारी र परिक्षण भइरहेको र परीक्षणपछि यती एयरलाईन्सको सम्पूर्ण वायुयानहरूमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

images

प्रकाशित : मंगलबार, असार २१ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस