काठमाडौं- सोमबार स्थिर रहेको सुन तथा चाँदीको मूल्य मंगलबार भने सामान्यवद्धि भएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।