मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

घट्दाे बजारमा सीवाईसीकाे उकालाे यात्रा, कतिसम्म मूल्य पुुग्ला?

मंगलबार, असार २१ २०७९
घट्दाे बजारमा सीवाईसीकाे उकालाे यात्रा, कतिसम्म मूल्य पुुग्ला?

काठमाडौं- सीवासी लघुवित्त वित्तीय संस्थाको सेयर मूूल्य पछिल्लो दुुई हप्तादेखि लगातार दश प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्दै आएको छ। 

लगातर बढेको कम्पनीकाे सेयर मूल्य साेमबार १ हजार ४ सय ३ रुपैयाँ ६० पैसामा काराेबार हुँदै राेकिएको छ। सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँसम्म जाेन आकलन गरिएको छ।

संस्थाको  सेयर नेपाल स्टक एक्सचेन्जमा गत जेठ २९ गते आइतबार  सूचीकृत भएको थियो। संस्थाको १२ लाख १६ हजार ४ सय १८ कित्ता आईपीओ  सेयर नेप्सेमा सूचीकृत भएको छ।

यसमा ८ लाख २१ हजार ८२ कित्ता संस्थापक सेयरहरू छन् जुन कुल सेयर निष्कासनको ६७.५० प्रतिशत र ३२.५० प्रतिशत अर्थात ३ लाख ९५ हजार ३ सय ३६ कित्ता सर्वसाधारणका लागि जारी गरिएको  थियो। 

कम्पनीले २०७९ बैशाख २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ९५ लाख बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल इकाइमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ म्युचुअल फण्डका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६९ हजार  सय  युनिट सर्वसाधारणका लागि थिए।

३६ हजार ९ सय ४८ आवेदकलाई चिठ्ठामार्फत १०/१० कित्ता बाँडफाँड गरिएको थियो भने ८ भाग्यशाली आवेदकले १ कित्ता थप पाएका थिए। बाँकी २१ लाख ६५ हजार ४१३ आवेदकहरू खाली हात भएको थियो।

पहिलो कारोबारको ओपनिङ ३८२ .२० बाट सुुरु भएको हो। हाल  संस्थाको  चुक्तापुुँजी १२ करोड १६ लाख रुपैयाँको  पुुगेको छ।

कम्पनीले आथिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकको कम्पनी विश्लेषण प्रकाशित गरी  ९९ करोड ९१ लाख खुद नाफा कमाएको छ ।

लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिकको कम्पनी विश्लेषण प्रकाशित गरी  ५१ करोड ८२ लाख खुद नाफा कमाएको  थियो ।


प्रकाशित : मंगलबार, असार २१ २०७९०१:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend