काठमाडौं- नेपाल आयाल निगमले राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ। निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजलमा ९ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकमा ५ रुपैयाँ मूल्य बढाएको हो।
मूल्य वृद्धिसँगै अब पेट्रोल १८१, डिजल १७२ र हवाई इन्धन १९० रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत नै प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ।
१