मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

बैंकहरूमा दुई दिनमै २५ अर्ब निक्षेप थपियाे, ऋण लगानी ठप्प 

सोमबार, असार २० २०७९
बैंकहरूमा दुई दिनमै २५ अर्ब निक्षेप थपियाे, ऋण लगानी ठप्प 

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुमा दुई दिनमा २५ अर्ब निक्षेप थपिएकाे छ। 

काठमाडौं- सरकारी खर्च बढ्दै जाँदा बैंकहरूमा निक्षेप आउने क्रम बढेकाे छ। आइतबार १५ अर्ब निक्षेप थपिएकाे थियाे।

साेमबार मात्रै थप ९ अर्ब निक्षेप थपिएकाे हो। असार मसान्त नजिकिँदै जाँदा वित्तीयसंस्थाहरुमा निक्षेप आउनेक्रम बढेकाे हाे। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुमा दुई दिनमा २५ अर्ब निक्षेप थपिएकाे छ। 

शुक्रबारसम्म ५० खर्ब ५ अर्ब निक्षेप रहेकाेमा आइतबार र साेमबार थपिएर निक्षप ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेकाे हाे। तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा ४४ खर्ब  १८ अर्ब निक्षेप रहेकाेमा आइतबार र साेमबार निक्षेप थपिएर  ४४ खर्ब ४० अर्ब रुपैयाँ पुगेकाे छ। यता ऋण जारी ठप्प हुँदा उठ्ने क्रम बढेकाे छ। 

शुक्रबारसम्म ४७ खर्ब ११ अर्ब ऋण जारी भएकाेमा घटेर ४७ खर्ब ६ अर्बमा झरेकाे छ। निक्षेप र ऋणकाे अनुपात सीडी रेसियाे भने राष्ट्र बैंकले ताेकेकाे ९० प्रतिशत तल झरेकाे छ। 


प्रकाशित : सोमबार, असार २० २०७९१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend