सोमबार, असोज ७ गते २०८१    
images
images

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
images
images
अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा 

महामन्त्री थापाले अर्थमन्त्री शर्माका विषयमा गम्भीर प्रश्न उठेकाले राजिनामा दिनुपर्ने बताएका हुन्। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन्। 

images
images
images

गठनबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्री थापाले अर्थमन्त्री शर्माका विषयमा गम्भीर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताएका हुन्। 

प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै सञ्चारकर्मीलाई जवाफ दिनेक्रममा थापाले अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका हुन्। 

'अर्थमन्त्रीका सम्बन्धमा सदनमै गम्भीर प्रश्न उठिसक्यो। सडकदेखि सदनसम्म प्रश्न उठेको मात्र होइन करका दर हेरफेरदेखि बजेट निर्माणको बेला अनधिकृत व्यक्तिको प्रवेशको विषयमा आरोप लागेको छ। यो निकै गम्भीर कुरा हो। प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्छ' उनले भने,'यसलाई मानवीय त्रुटी भयो भनेर छोडिदियो भने यो एउटा गलत नजिरका रुपमा बस्छ। अथवा यो विषयको छानबिन नै नभइ गयो भने नभएको कुरामा पनि गम्भीर आरोप लाग्ने भयो। त्यसैले के हो यसको निष्पक्ष छानबिन हुनुपर्छ।' 

images


प्रकाशित : सोमबार, असार २० २०७९१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend