बुधबार, वैशाख १२ गते २०८१    
images
images

उस्तै छ हुन्डाई क्रेटाको क्रेज

images
images
images
उस्तै छ हुन्डाई क्रेटाको क्रेज

हुन्डाई मोटर्सले उत्पादन गरेको ४ मिटर माथिको एसयूभी क्रेटा भारतका साथै नेपाली उपभोक्ताको रोजाइमा गरेको तथ्यांक छ।

images
images

काठमाडौं- दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाई मोटर्सले उत्पादन गरेका सवारी लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टेर कन्टिनेन्टलले बिक्री गर्दै आएको छ। हुन्डाईका कार नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएको छ। यसको मुख्य कारण ब्रान्डप्रतिको विश्वास, आकर्षक र शक्तिशाली कार तथा उपलब्ध सेवा तथा सर्भिस नै हुन्। 

images
images
images

नेपाली बजारमा हुन्डाईका सबैजसो मोडल लोकप्रिय नै छन्। पुरानो सेन्ट्रोको लिगेसि अझै कायमै छ। जसका कारण नयाँ सेन्ट्रो प्रतिपनि उपभोक्ताले चासो रहेकै छ। योसँगै एसयूभी सेगमेन्टका कार धेरै नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। 

images

हुन्डाई मोटर्सले उत्पादन गरेको ४ मिटर माथिको एसयूभी क्रेटा भारतका साथै नेपाली उपभोक्ताको रोजाइमा गरेको तथ्यांक छ। यो कार भारतीय बजारमा सन् २०१५ मा सार्वजनिक भएको थियो। हुन्डाईले क्रेटाको विभिन्न पुस्तासमेत बजारमा ल्याइसकेको छ।

images

अहिले पनि क्रेटा किन्ने उपभोक्ता बढी नै रहेको छन्। भारतमा मात्र नभइ नेपालमा समेत क्रेटा निक्कै रुचाइएको एसयूभी कार हो। यो कार नेपाली बजारमा २०७२ भदौमा भित्रिएको थियो। त्यसयता हुन्डाई क्रेटा हजारौँको संख्यामा बिक्री भइसकेको छ। 

images
images

भन्सारको तथ्यांकअनुसार २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म नेपाली बजारमा १४ सय २१ वटा हुन्डाई क्रेटा भित्रिएको छ। यो भनेको क्रेटा धेरै बिक्री हुने एसयूभीमध्येमा पर्दछ। २०२० अप्रिलदेखि २०२१ मार्चसम्म १ हजार १५ वटा क्रेटा नेपाल आएको थियो। यो कोरोनाको मध्यसमय भएकाले अघिल्लो वर्ष क्रेटामात्र नभइ सबै कारको आयात न्यून थियो। 

उक्त तथ्यांकअनुसार नेपाली बजारमा क्रेटा कार दैनिक ४ (३.९) वटा बिक्री हुन्छ। अघिल्लो वर्ष भने औषत करिब ३ वटामात्र कार बिक्री भएको थियो। कोरोनाका कारण भएको लकडाउन र तत्पश्चात उत्पन्न परिस्थितिले सबै ब्रान्डका कारको बिक्री न्यून भएको थियो। यो समस्या नेपालमा मात्र नभइ संसारभर नै देखिएको हो। 

हुन्डाई क्रेटा पेट्रोल तथा डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध रहेको छ। १४ सय ९७ सीसी इन्जिन क्षमतामा आइरहेको क्रेटाको सुरुवाती मूल्य ४७ लाख ९६ हजार रुपैयाँ छ। त्यस्तै हुन्डाई क्रेटाको मूल्य ५८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ।   

क्रेटा किन धेरै सवारी पारखीको रोजाइमा पर्न सफल भयो भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ। 

Creta interior.jpg

बोल्ड लुक्स

हुन्डाई क्रेटा सानो ५ सिट क्षेत्रमताको एसयूभी हो। क्रेटाको डिजाइनमा विशेष ध्यान दिइएकाले यो देख्दा निक्कै आकर्षक छ। विगतको क्रेटाभन्दा फेसलिफ्ट मोडल अझै बढी आकर्षक बनाइएको छ। 

हुन्डाईले डिजाइनका साथै कारको रंगमा पनि विशेष जोड लिएको देखिन्छ जसका कारण धेरै मानिसका आँखा क्रेटाले तान्छ। नयाँ मोडलको क्रेटा अझ बडी फ्रेस देखिन्छ। डिजाइनका हिसाबले मात्र होइन मूल्यले पनि हुन्डाई क्रेटा एसयूभी कार खोज्नेका लागि उपयुक्त रहेको छ।

आकर्षक इन्टेरियर

नयाँ मोडलमा आएपछि क्रेटाको इन्टेरियर थप प्रमियम देखिएको छ। डूअल टोन कलर स्किममा बनेको क्याविनले धेरैलाई आकर्षित गरेको छ। निक्कै आरामदायी बसाई महसुस हुने क्रेटामा सेगमेन्टमा सबैभन्दा धेरै विशेषता भएको कारमा पर्छ।

क्रेटामा इलेक्ट्रिोनिक सनरुफ, इलेक्ट्रिकल्ली एडजस्टेवल ड्राइभर सिट, वायरलेस फोन चार्ज, क्रुज कन्ट्रोल, स्मार्ट की ब्यान्डलगायत विशेषताहरू छन्। सानो एसयूभी क्रेटामा ठूलो सरह एन्ड्रोइड र एप्पल कारप्ले सपोर्ट गर्ने लार्ज-साइज टच स्क्रिन इफोटेनमेन्ट सिस्टमसमेत रहेको छ। 

मल्टिपल इन्जिन अप्सन

क्रेटा तीन इन्जिन अप्सनमा उपलब्ध रहेको छ। यसको अर्थ हो यो कारले धेरैको आवश्यकता पूरा गर्न सक्छ। पेट्रोल इन्जिनमा १.६ लिटर चार सिलिन्डर इन्जिन छ जसले १२२ बीएचपी र १५१ एनएम टर्क दिन्छ। यो भर्सनमा ६ स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। क्रेटा एआरएआई सर्टिफाइड फ्यूल इफिसियन्सी १५.२९ किलोमिटर प्रतिलिटर रहेको छ। 

डिजेल इन्जिनमा १.४ लिटर टर्बोचार्जड इन्जिन रहेको छ जसले ८९ बीएचपी र २२० एनएम टर्क दिन्छ। ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको यो मोडलले २१.३८ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ। 

त्यस्तै १.६ लिटर डिजेल इन्जिनको क्रेटा ६ स्पीड म्यानुअल तथा अटोमेटिक दुवै अप्सनमा उपलब्ध रहेको छ। टर्बोजार्जड डिजेल इन्जिनले १२६ बीएचपी पावर र २६० एनएम टर्क दिन्छ। यो इन्जिनको म्यानुअल ट्रान्समिसनले १९.६७ किलोमिटर प्रतिलिटर र अटोमेटिक गियरबक्सले १७.०१ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। 

सुरक्षा

हुन्डाई क्रेटा धेरैको रोजाइमा पर्नुको कारण यसमा रहेको सुरक्षा विशेषता पनि हुन्। रेयर पार्किङ सेन्सन, एन्टि-पिन्च इलेक्ट्रिक वीन्डो, डूअल फ्रन्ट एयरब्याग र एबीएस जस्ता विशेषता सबै भेरियन्टमा छन्। हाइयर रेन्जमा ६ वटा एयरब्याग, हिल-स्टार्ट असिस्ट, रेयर पार्किङ क्यामेरालगायत विशेषता छन्। 

क्रेटाका विभिन्न फेसलिफ्ट भर्सन आइसकेका छन्। त्यस्तै अबको केही समयमा भारतीय बजारमा अर्को नयाँ फेसलिफ्ट भर्सन समेत आउने तयारीमा छ। भारतमा सार्वजनिक भएको केही समयपछि उक्त कार नेपाली बजारमा समेत आउने छ। 

तर सरकाले इन्धनबाट चल्ने कारको आयात गएको चैत २० गतेदेखि असार मसान्तसम्मका लागि बन्द गरेको छ। विदेशी मुद्रासञ्चितिमा दबाब परेको भन्दै बन्द गरिएको इन्धनबाट चल्ने कार आयातमा थप कडाई गर्ने संकेत सरकारले गरेको छ। सोमबारमात्र नेपाल आयाल निगमले सरकारलाई इन्धन खपत कम गर्ने सुझावहरू पेश गरेको छ।

यसले पनि सरकारले नयाँ आर्थिक वर्षबाट कार आयात नखोल्ने संकेत दिएको छ। पछिल्लो केही महिनायता तरलता अभावका कारण आयात भएका कारसमेत बिक्री हुन नसक्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्। यो समस्याको मारमा हुन्डाई क्रेटामात्र नभइ सबै ब्रान्डका कार परेका छन्। 

images

प्रकाशित : मंगलबार, असार २१ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस