सोमबार, असोज ७ गते २०८१    
images
images

पेट्रोलियम किन्नै नसक्ने स्थिति आएको भन्दै आयल निगमको प्रस्ताव - कोटा तोक्नेदेखि शनिबार सवारी साधन निषेधसम्म

images
सोमबार, असार २० २०७९
images
images
पेट्रोलियम किन्नै नसक्ने स्थिति आएको भन्दै आयल निगमको प्रस्ताव - कोटा तोक्नेदेखि शनिबार सवारी साधन निषेधसम्म

‘बढीमा एकपटकमा मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर मात्रै इन्धन दिन आग्रह गरिएको हो'

images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुईपाङ्ग्रे र साना सवारीसाधनलाई पेट्रोल कम दिनेगरी प्रस्ताव अघि सारेको छ। 

images
images
images

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण वित्तीय स्थिति नाजुक भइरहेको भन्दै निगमले सरकारलाई पत्र लेखेर विभिन्न १० उपाय सिफारिस गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन्। 

‘बढीमा एकपटकमा मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर मात्रै इन्धन दिन आग्रह गरिएको हो,’ प्रवक्ता उपाध्ययले भने, ‘यस्तै शनिबार प्रमुख सहरमा सवारी साधन निषेध गर्न पनि सरकारलाई सुझाव दिएका छौँ।’

निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनीसहितको गुनासोसमेत सरकारसमक्ष राखेको छ। 

images

यस्ता छन् निगमका सुझाव-

- मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिने।

- सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने।

- आइतबार सार्वजनिक बिदा दिने निर्णय पुन: लागू गर्नुपर्ने।

- छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने।

- देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने।

- विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा नि:शुल्क चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने।

- सार्वजनिक निजी पार्किङ स्थानमा विद्युतीय सवारी साधनका लागि नि:शुल्क पार्किङस्थल तोक्नु पर्ने।

- पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र अन्य उपकरण आयातमा प्रतिबन्ध लगाउनु पर्ने।

- एलपीजी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्न र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्नु पर्ने।

- ठूला उद्योग, परियोजना, होटल लगायतले डिजल र एलपीजी ग्यासको खपत नगरी बिजुलीको खपत गर्ने नियम बनाउनु पर्ने।


प्रकाशित : सोमबार, असार २० २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend