बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

मिति गुज्रिएका सबै ठेक्काको एक वर्ष म्याद थप

images
सोमबार, असार २० २०७९
images
मिति गुज्रिएका सबै ठेक्काको एक वर्ष म्याद थप
images
images

काठमाडौं- सरकारले समयमै काम नसकिएका वा निर्माण व्यवसायीले काम नगरेका आयोजनाको एक मुष्ठमा १ वर्ष म्याद थप गरेको छ। सार्वजनिक खरिद नियमावली २०६४ को १२औं संशोधनमार्फत काम नसकिएर अलपत्र परेका आयोजनाहरूको १ वर्ष म्याद थप गरेको हो।

images
images
images

सरकारले गत वर्ष पनि कोभिड लगायत विभिन्न कारणले काम हुन नसकेको भन्दै एक वर्ष म्याद थप गरेको थियो। उक्त म्यादा २०७९ असार मसान्तसम्मका लागि कायम थियो। उक्त म्यादमा समेत काम हुन नसकेको भन्दै निर्माण व्यवसायी महासंघले पुनः १ वर्ष म्याद थप गर्नुपर्ने माग गर्दै आएको थियो।

images
images

सोहीअनुसार मन्त्रिपरिषदले पारित गरेको सार्वजनिक खरिद नियमावलीको २०६४ को १२औं संशोधन सोमबार राजपत्रमा प्रकाशित भएको हो। नियमावलीको १२० क थप गरेर खरिल सम्झौताको अवधि थप सम्बन्धी विशेष व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार म्याद सकिएका आयोजनाहरूको म्याद २०८० असार मसान्तसम्मका लागि थप गरिएको हो। 

images
images

म्याद सकिएका आयोजनाहरूले संशोधित नियमावली लागु भएको २१ दिनभित्र सम्बन्धित आयोजना कार्यालयमा म्याद थपको निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ। कार्यालयले आवश्यकताअनुसार यसबारे जिज्ञासा राख्न सक्ने छन्। त्यस्तै संशोधित कार्यतालिका पेश भए पश्चात बोलपत्र स्वीकृत गर्ने अधिकारीले कम्पनीमा दुईवटा प्रगति हासिल गर्नुपनेै सीमा तोकि थप आर्थिक व्ययभार नपर्ने गरि बढीमा २०८० असार मसान्तसम्म म्याद थप गर्न सक्नेछ। 

त्यस्तै संशोधित नियमावलीमा यसअघि ३ अर्ब रुपैयाँसम्मको ठेक्कामा नेपाली निर्माण व्यवसायीलेमात्र माग लिन पाउनेमा अब ५ अर्ब रुपैयाँसम्मको ठेक्कामा नेपाली ठेक्दारले मात्र सहभागिता जनाउन पाउने छन्। ठेक्कामा अनुभवको प्रमाणपत्रको हिस्सा ८० प्रतिशत थियो अब यसलाई ६० प्रतिशतमा झारिएको छ। 

त्यस्तै संशोधित नियमावलीमा क्रेडिट लाइनको सीमा समेत हटाइएको छ। संशोधित नियमावलीले नेपाली निर्माण व्यवासयीलाई क्षमता अधिवृद्धि गर्न र समयमा गुणस्तरीय काम गर्न सहयोग पुग्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

सरकारले नियमावलीको एघारौं संशोधनले व्यवसायीमा माग सम्बोधन नगरेको भन्दै निर्माण व्यवसायी महासंघले निरन्तर विरोध जनाउँदै आएको थियो। 


प्रकाशित : सोमबार, असार २० २०७९१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend