सोमबार, असोज ७ गते २०८१    
images
images

विदेशबाट पठाइएको रकम व्यक्तिगत रुपमा फरफारक गर्नेविरुद्ध ८ करोड २३ लाख बिगोदाबीसहित मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
images
images
विदेशबाट पठाइएको रकम व्यक्तिगत रुपमा फरफारक गर्नेविरुद्ध ८ करोड २३ लाख बिगोदाबीसहित मुद्दा

प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिइ सोही बराबरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको

images
images

काठमाडौं- विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिइ कारोबारकै रूपमा विदेशबाट पठाइएको रकम व्यक्तिगत खातामार्फत फरफारक गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजनाविरुद्ध मुद्दा दायर गरेको छ।  

images
images
images

पर्वत कुस्मा घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो कायम गरी विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा राजस्व अनुसन्धान विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको हो। 

विभागका अनुसार 'प्रतिवादीलाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भइ नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएबाट निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको छ।'

प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिइ सोही बराबरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको, प्रतिवादीले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाणहरुबाट प्रतिवादी गणेश पौडेलले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिइ विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३,४ र ९ग विपरितको कसुर गरेको विभागले जनाएको छ। 

images

प्रतिवादी गणेश पौडेललाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४ र ९ ग विपरितको कसूरमा जम्मा विगो ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ कायम गरी सोही ऐनको दफा १७(१) र दफा १९(९) वमोजिम सजाय गरी पाउन मागदावी लिइ अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ।   


प्रकाशित : सोमबार, असार २० २०७९१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend