सोमबार, असोज ७ गते २०८१    
images
images

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
images
images
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने?

संविधानको धारा ३४ ले प्रत्याभूत गरेका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु भएको छ।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ। 

images
images
images

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो।

कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले तोकिएका अस्पतालमा २० प्रतिशत मात्रै भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ।

उक्त सेवा लिएबापतको ८० प्रतिशत रकम र दुर्घटनाबापतको रकम भने सम्बन्धित अस्पतालले कोषबाट भुक्तानी लिनेछ। यससँगै योगदानकर्ता उपचारका लागि अस्पताल जाँदा ठूलो खर्चको जोहो गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। कोषमा सूचीकृत योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख नबढ्ने गरी औषधि उपचार सुविधा प्राप्त गर्दै आएका छन्। हालसम्म १२६ अस्पतालले योगदानकर्ताको स्वास्थ्योपचारका लागि कोषसँग सम्झौता गरेका छन्। कोषमा आबद्धमध्ये २६ अस्पतालबाट स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु भइसकेको छ।

images

आजदेखि विर्तामोडको मनमोहन मेमोरियल, पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र मेची दृष्टि आई केयर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, इटहरीको पशुपति मोडेल अस्पताल, राजविराजको छिन्नमस्ता अस्पताल, हरिवनको नमूना अस्पताल, वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर अस्पताल र वीरगञ्ज दृष्टि आई केयर सेन्टरमा सो सेवा सुरु भएको छ। 

भरतपुरको पुरानो मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज, बनेपाको शिर मेमोरियल अस्पताल र पोखराको ग्यालेक्सी अस्पतालबाट पनि उक्त सेवा लिन सकिनेछ। काठमाडौँ उपत्यकामा रहेका हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज र पाटन अस्पतालमा पनि उक्त सेवा सुरु भएको छ। 

स्वचालित विद्युतीय प्रणाली कार्यान्वयनमा आएसँगै योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति काजगातजसहित कोषमा जानुपर्ने झन्झट अन्त्य भएको छ। 

यसअघि कोषमा आबद्ध योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराएको बील बुझाएर कोषबाट भुक्तानी लिनुपर्ने अवस्था थियो। 

अब योगदानकर्ता कोषले उपलब्ध गराएको परिचयपत्र लिएर उपचारका लागि तोकिएको अस्पताल जानुपर्छ। सम्बन्धित अस्पतालमा कोषको प्रणाली जडान गरिएको छ। सो प्रणालीबाट योगदानकर्ताले पाउने उपचार खर्चको विवरण हेर्न सकिने छ। सोही आधारमा तोकिएमध्येबाट बाँकी रकम बराबरको उपचार योगदानकर्ताले पाउनेछन्। 

संविधानको धारा ३४ ले प्रत्याभूत गरेका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु भएको छ। हालसम्म कोषमा १७ हजार १५४ रोजगारदातासँग आबद्ध तीन लाख ४४ हजार ५३१ योगदानकर्ता कोषमा सूचीकृत भएका छन्। हालसम्म करिब ३२ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएको कोषले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार २० २०७९०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend