शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

महामारीमै जन्मियो होटल ब्रान्ड, दमौलीमा बन्दैछ नेपालकै ठूलो वेलनेस रिसोर्ट

images
बिजनेस न्युज
images
images
महामारीमै जन्मियो होटल ब्रान्ड, दमौलीमा बन्दैछ नेपालकै ठूलो वेलनेस रिसोर्ट

यहीबीचमा नेपालमै नयाँ होटल/रिसोर्ट ब्रान्ड आएको छ। त्यो पनि साधारण सेग्मेन्ट होइन नयाँ वेलनेस रिसोर्ट ब्रान्डका रुपमा आनन्दालय नामको रिसोर्ट ब्रान्ड आएको हो।

images
images

काठमाडौं- पछिल्लो समय नेपालमा होटलमा लगानीको होडबाजी चलेको छ। स्वदेशी लगानीमै ठूला होटल तथा रिसोर्टमा लगानी भइरहेको छ।

images
images
images

२०७२ पछि नेपालमा ठूला होटल तथा रिसोर्टमा नयाँ लगानीसँगै विदेशी व्यवस्थापन पनि आइरहेको छ। विश्वमा चलेका होटल ब्रान्डहरु धमाधम भित्रिएका छन्। नयाँ ब्रान्ड तथा व्यवस्थापन आउनेक्रम अझै जारी छ।

images

यहीबीचमा नेपालमै नयाँ होटल/रिसोर्ट ब्रान्ड आएको छ। त्यो पनि साधारण सेग्मेन्ट होइन नयाँ वेलनेस रिसोर्ट ब्रान्डका रुपमा आनन्दालय नामको रिसोर्ट ब्रान्ड आएको हो।

images

एभिड पार्टनर कम्पनीले नयाँ यो ब्रान्ड सुरु गरेको हो। नेपालभर चेन विस्तार गर्ने गरी कम्पनीले ब्रान्ड सुरु गरेको हो।

images
images

restro.jpg

कोरोना भाइरसको महामारी सुरु भएपछि कम्पनीले यो ब्रान्डको अवधारणा ल्याएको हो। तीव्र प्रतिस्पर्धात्मक बजारमा आनन्द अनुभव हुने गरी व्यवस्थापनको डिजाइन गरिएको एभिट पार्टनरका अध्यक्ष निशान्त श्रेष्ठले बताए।

'हामीले होटल तथा रेष्टुरेन्टसँग सम्बन्धित विभिन्न कामहरु पहिलेदेखि नै गरिरहेका थियौँ। सन् २०२० मा कोरोना आएपछि मान्छेको शरीरलाई आनन्द अनुभव हुनेगरी होटल ब्रान्ड ल्याउने डिजाइन बनायौं' उनले भने' यस्तो ठाउँ बनोस् जहाँ गएर मान्छेको दिमाग, शरीर आत्माको सन्तुलन मिलोस्। त्यही अवधारणाबाट यो ब्रान्ड आएको हो।'

नयाँ अनुभव दिने तथा नेपालकै ब्रान्डिङ गर्नेगरी यो ब्रान्ड ल्याइएको उनले बताए।

courtyard.jpg

होटलको अवधारणा बनेपछि कम्पनीले आफै निर्माण गरेर सञ्चालनमा कम्पनी अघि बढेको छ। यही ब्रान्डमा तनहुँको दमौलीमा नेपालकै ठूलो वेलनेस रिसोर्ट निर्माण भइरहेको छ।

१५३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेकव यो होटल तीन चरणमा निर्माण हुने छ। यसमा लगानी भने अरुकै हुने छ भने व्यवस्थापन तथा सञ्चालन एभिट पार्टनरले गर्ने छ।

होटलमा पहिलो चरणमा २८ कोठासहित सञ्चालनमा आउने छ। पहिलोचरणको काम अहिले भइरहेको छ। अबको छ महिनाभित्र सञ्चालनमा आउने श्रेष्ठको भनाइ छ। पहिलो चरणमा ३ सय जना अटाउने कन्फ्रेन्स हल, स्विमिङ पुल र तीनवटा रेष्टुरेन्ट हुने छन्।

दोस्रो चरणमा भिल्लासहितको ४० वटा कोठा थपिनेछन् भने तेस्रो तथा अन्तिम चरण सम्पन्न भएपछि कूल १०८ कोठा हुनेछन्।

villa.jpg

यो रिसोर्टमा भौतिक तथा अध्यात्मिक आनन्द हुने गरी डिजाइन गरिएको हुने छ।

'हाम्रो आनन्दालयको एसओपी नै त्यसैगरी डिजाइन गरेका छौं। योग तथा ध्यानदेखि मेडिकल परीक्षणसमेतको सुविधा रिसोर्टमा हुन्छ' श्रेष्ठले भने।

होटलमा खानादेखि रमाइलोसम्मका लागि विभन्न क्षेत्र हुने छन्। योग साधानका लागि निश्चित क्षेत्रदेखि भेजिटेरियन किचेनसम्मको  व्यवस्था हुने श्रेष्ठको भनाइ छ।

अरु होटल तथा रिसोर्टमा स्मोकिङ जोन भएजस्तै आनन्दालय रिसोर्टमा भने क्राउड जोन छुट्टै हुने छ। अर्थात् त्यहाँ क्राउड गर्ने निश्चित ठाउँ हुने छ। ननभेजदेखि लिकर जोन पनि फरक हुने श्रेष्ठको भनाइ छ।

'समग्रमा हामीले होटलको डिजाइन गोल्डेन रेसियोलाई फलो गरेका छौँ। यो भनेको हाम्रो मानवीय शरीरको अस्तित्व जसरी आएको हुन्छ। त्यसैलाई सन्तुलित पार्ने हो। सबै कोणबाट मान्छेलाई आनन्दित पार्नु  नै मुख्य ध्येय हुने छ' श्रेष्ठले भने।

aanadalayya.jpg

रिसोर्टमा कृषि उत्पादन पनि हुने छ। त्यहाँ खपत हुने तथा आवश्यक उत्पादन त्यही उत्पादन हुने छन्। रिसोर्ट क्षेत्रको ४० रोपनी जग्गामा कृषि उत्पादन हुने छ। तरकारी, माछा, कालिज, भैसी त्यही पालिने छ। त्यहाँ उत्पादन नभएका र असम्भव वस्तुको मात्र उत्पादन बाहिरबाट ल्याइने छ।

आधुनिक रुपमा खोलिएका होटलहरु विशेष गरि निश्चित आयवर्ग लक्षित हुन्छन्। तर  यो रिसोर्ट भने सबै आयवर्गका लागि पहुँचयोग्य हुने श्रेष्ठको भनाइ छ।

रिसोर्ट कुनै पनि तारा वर्गीकरण लिने छैन तर सेवा भने तीन, चार र पाँचतारे स्तरको हुने छ। पहिलो चरणमा तीन तारस्तरको हुने छ। अन्तिम चरणमा निर्माण हुने ब्लकमा भने पाँचतारे स्तरको हुने छ।

aanandalay3 copy.jpg

आनन्दालयमा तीन प्रकारको मूल्य श्रृखला हुने छ। यसमा इन्ट्री, मध्यम र उच्च मूल्यश्रृङ्खला हुने छ। तर योग तथा साधनाको भने निश्चित प्याकेज हुने छ।

रिसोर्टले शाधना, योगको प्याकेज निश्चित मूल्यमा बिक्री गर्ने छ। यसमा कुनै पनि अथितिले सामन्य मेडिकल टेष्टदेखि उपचारसम्मको सुविधा पाउने छन्। तर त्यसरी प्याकेज किनेर जानेहरुले खान तथा बस्नका लागि भने छनौटको अवसर पाउने छन्। सुरुवाति, मध्यम तथा उच्चस्तरको खाने बस्ने सुविधा पाउने छन्।

'एउटै प्याकेज किनेर आएका ग्राहकले आफ्नो छनौटअनुसारको रुम लिनसक्ने छन्। यसबाट हामीले सबैलाई पहुँच स्थापित गर्न खोजेका हौँ' श्रेष्ठले भने।

aanadalaya11 copy.jpg

आनन्दालय ब्रान्डमा होटलहरु  एभिट पार्टरनको स्वामित्व भने सञ्चालन हुने छैनन्। यो कम्पनीले होटलको व्यवस्थापन तथा फ्रेन्चाइजी साझेदारीमा अघि बढ्ने रणनीति बनाएको छ।

दमौलीमा निर्माणाधीन रिसोर्टमा लगानी पनि हालका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहितका व्यवसायीको लगानी रहेको छ। तर व्यवस्थापन एभिट पार्टनरले गर्ने छ।

दमौलीमा सञ्चालन भएपछि नेपालमात्र होइन विदेशबाट पनि चासो आइरहेको श्रेष्ठले बताए। तर आनन्दालयलाई पहिले नेपालमै विस्तार गरिने उनको भनाइ छ।

aananadalay copy.jpg

दमौलीपछि लुम्बिनी, धान्द्रुक, मुस्ताङ जस्ता ठाउँमा रिसोर्ट विस्तार गर्ने पहिलो प्राथमिकता रहेको श्रेष्ठले बताए। सकेसम्म नेपालमै विस्तार गरी व्यवस्थापकीय क्षमता विकास गरेर विदेशमा विस्तार गरिने उनको भनाइ छ।

सामन्य होटल तथा रिसोर्टको तुलनामा व्यवस्थापकीय क्षमता विकासका लागि आनन्दालयलाई चुनौति भने छ। तर यसका लागि विभिन्न कलेजहरुसँग सहकार्य गरिएको र आनन्दालयको स्वादमा तालिम दिनका लागि आफूहरुसँग स्रोतसाधन भएको उनले बताए।

व्यवस्थापकीय क्षमताको विकाससँग कर्मचारीहरुको सेवा सुविधामा पनि आनन्दालयले पर्याप्त सेवा सुविधा दिने उनको भनाइ छ।

रिसोर्टभित्रै कर्मचारीका लागि व्यवस्थित आवास, उनीहरुका सन्तानका लागि नि:शुल्क गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरिने र यो सुविधा सबै आउटलेटमा हुने उनको भनाइ छ।

aanadalaya.jpg

images

प्रकाशित : सोमबार, असोज ११ २०७८०३:१९
  • सम्बन्धित विषय:

  • # वेलनेस रिसोर्ट
  • प्रतिक्रिया दिनुहोस