सोमबार, असोज ७ गते २०८१    
images
images

सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
images
images
सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

औषधि उत्पादन बन्द भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार यादवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो।

images
images

काठमाडौं- सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय  कार्यदल गठन गरिएको छ।

images
images
images

कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहेको निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले जानकारी दिए। 
 
समितिबाट औषधि उत्पादन बन्द भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार यादवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो। उत्पादन बन्द भएपछि समितिका कर्मचारीले चार महिनादेखि तलबसमेत पाएका थिएनन्।

यादव कार्यालयमा हाजिर भएको एक सातामा त्रिफलाबाट गत शुक्रबारदेखि औषधि उत्पादन सुरु गरिएको छ। कर्मचारीले आइतबार नै चार महिनाको तलब पनि पाएका छन्।  बाँकी समस्या समाधान गरी कार्यालयलाई सुव्यवस्थितरुपमा अघि बढाउन सुझावसहितको प्रतिवेदन दिने म्यान्डेट कार्यदललाई दिइएको छ। कार्यदललाई असार अन्तिमसम्म प्रतिवेदन बुझाउने समय दिइएको पनि निमित्त कार्यकारी निर्देशक यादवले सुनाए। रासस


प्रकाशित : सोमबार, असार २० २०७९०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend