मंगलबार, जेठ १ गते २०८१    
images
images

बुद्ध एयरको जहाजमा बारम्बार प्राविधिक समस्या, २ महिनामै ३ उडानमा समस्या

images
images
images
बुद्ध एयरको जहाजमा बारम्बार प्राविधिक समस्या, २ महिनामै ३ उडानमा समस्या
images
images

काठमाडौं-सोमबार मात्रै बुद्ध एयरको २ जहाजमा प्राविधिक समस्या देखियो। जहाज जुन गन्तव्यका लागि उडेका थिए उक्त गन्तव्यमा पुग्न सकेनन्।

images
images
images

गन्तव्यसम्म पुग्न नसकेपछि जहाजलाई आपत्कालीन अवतरण गराइयो। सोमबार बिहान ७ बजे बुद्ध एयरको कलसाइन ९ एनएजेओ फ्लाइट नम्बर यू ६०१ जहाज पोखराका लागि उडेको थियो।

images

तर, जहाजले  उडान भरेको १५ मिनेटमै पोखरा नगई काठमाडौं फर्कियो। जहाजको ककपिटमा धुवाँको गन्ध आएपछि पाइलटले  काठमाडौं टावरसँग जहाजमा समस्या आएका कारण आपतकालिन अवतरणको लागि आग्रह गरे।

images
images

पाइलटको आग्रहपछि विमानस्थल टावरले सबै उडान रोकेर बुद्धको जहाजलाई अवतरण गरायो। यो घटना लुकाउन विमानस्थल टावरका कर्मचारी समेत लागि परे। 

images
images

विमानस्थल टावरसँग उक्त विषयमा बुझन गरीका फोन संवादमा एक व्यक्तिले अर्को व्यक्तिसँग कुरा बुझुन भन्दै टारिरहे। उक्त घटना भएको एक घण्टा नबित्दै बुद्धको अर्को उडान भरिरहेको जहाजमा पनि प्राविधिक समस्या देखा पर्‍यो।

काठमाडौंबाट विराटनगरका लागि उडान भरेको कलसाइन ९एन एएनआई उडान नम्बर ७०१ जहाजमा प्राविधिक समस्या देखिएको थियो। पोखरा उडानमा रहेको जहाजमा भन्दा यो उडानको जहाजमा ठूलो समस्या देखियो।

विहान ८ बजे ३३ मिनेटमा ७७ जना ( चालक दलका सदस्य सहित) यात्रु लिएर उडेको जहाज विराटनगर विमानस्थलमा अवतरण हुन सकेन। जहाजको पांग्रा खुलेन अर्थात् ल्यान्डिङ गियरमा समस्या देखा पर्‍यो।

जहाजमा समस्या देखिएपछि पाइलटले काठमाडौं फर्कने निर्णय गरे र टावरलाई जानकारी दिए। टावरले पनि सोही सूचनाको आधारमा जहाजलाई आपत्कालीन अवतरणको तयारी सुरु गर्‍यो। पाइलटले पनि जहाजमा भएको इन्धन घटाउन आकाशमा झण्डै २ घण्टा घुमाइरहे।

अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड अनुसार जहाज फोर्स ल्यान्डिङका लागि इन्धन खाली गर्नुपर्ने भएपछि पाइलटले जहाज घुमाइरहे। त्यतिञ्जेल विमानस्थल कार्यालयले जहाज र्फास ल्यान्डिङका लागि सबै तयारी पुरा गरेको थियो। फोस ल्यान्डिङ गर्दा रनवे चिसो बनाउनेदेखि 'फोम' समेत हालिन्छ। सोही अनुरुप विमानस्थल कार्यालयले तयारी गरेको थियो।

रनवे नजिकै दमकल तयारी अवस्थामा थिए भने उद्धारका लागि खटिने सबै निकाय तयारी अवस्था थिए। तर, जहाज उडाइरहेका पाइलटले सकुशल अवतरण गरे। जहाज विहान १० बजेर २१ मिनेटमा अवतरण भएको थियो।

जहाज अवतरणको समयमा भने सामान्य रुपमा ल्यान्डिङ गियरले काम गरेको थियो। जसका कारण जहाज ठूलो दुर्घटनाबाट जोगियो।

यसरी दुर्घटनाबाट जोगिएको जहाजको विषयमा बुद्ध एयरले भने सामान्य घटना जस्तो भएको जनाउँदै विज्ञप्ती जारी गर्‍यो। 

यो विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत छानबीन गर्ने भएको छ। मन्त्रालयसँगै प्राधिरकणले पनि छानबीन गर्नेछ।

दुई महिना अगाडि पनि बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आउँदा गन्तव्य नै नपुगी काठमाडौं नै ल्याएर अवरतण गरिएको थियो।

काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण गराइएको थियो।उडानकै क्रममा जहाजको हाइड्रोलिकमा समस्या आएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो। 

उडानको क्रममा रहेको कुनै पनि जहाजको हाइड्रोलिकमा समस्या आएपछि लामो धावनमार्गमा अवतरणको प्राथमिकता दिइन्छ।  सोहीअनुसार बुद्धको जहाजलाई काठमाडौंमै अवतरण थियो।

बिएचए २५५ नम्बरको बुद्धको उक्त उडान गरेको एटिआर ७२ जहाज बेलुका ६ बजेर ३ मिनेटमा काठमाडौं अवतरण भएको हो। कलसाइन ९ एन एएमडी जहाज उडानमा थियो।

बुद्धले कस्तो जहाज उडाउँछ?

बुद्ध एयरसँग २ प्रकारका जहाज उडानमा छन्। २ वटा बिचक्राफ्ट र १३ वटा एटीआर छन्। जसमा ४२-३२० एटीआर ३ वटा र ७२-५०० एटीआर जहाज १० छन्। बुद्धले विस्तारै एटीआर जहाज मात्रै उडान गर्ने घोषणा गरिसकेको छ।

अहिले भएका २ वटा बिचक्राफ्ट जहाज पनि अन्तर सिटी उडानमा प्रयोग भएका छन्। काठमाडौंलाई  बेस बनाएर उडान भर्ने जहाज एटीआर नै हो।

बुद्धले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको १५ वर्ष भन्दा कम आयुका अन्य कुनै देशमा उडिसकेको जहाज ल्याइरहेका छ। बुद्धले अन्य देशमा उडान गरिरहेका जहाज खरिद गरे ल्याउने र आफ्नै ह्याङ्गरमा मर्मत गरेर उडाउने गरेको छ। 

सोमबार विराटनगर उडानमा रहँदा प्राविधिक समस्या आएको कल साइन ९एन एएनआई जहाज १४ वर्ष  पुरानो हो। बुद्धले यो जहाज २०१९ सेप्टेम्बरमा ल्याएको थियो।

यसैगरी, पोखरा उडानमा समस्या आएको कल साइन ९एन एजेओ जहाज भने २४ वर्ष पुरानो जहाज हो। यो जहाज बुद्धले २०१० मा नेपाल ल्याएको थियो।

के भन्छ बुद्ध एयर?

हाम्रो पहिलो प्राथमिकता नै सुरक्षा हो। जहाज नियमित चेकअप हुन्छ। जहाज उडानु भन्दा पहिले सधैँ चेक हुन्छ। जहाजको सिचेक पनि भइरहेको छ। हामी सबै प्रकारका प्राविधिक समस्या समाधान गर्न सक्षम छौं।

एयरलाइन्ससँग दक्ष जनशक्ति छन्। हामीले एउटा जहाजबाट दैनिक ४ वटा देखि ५ वटा मात्रै उडान गरेका छौं। हाम्रो उडान तथा अवतरण संख्या १ सय ३० देखि १ सय ४० सम्म छ। यसको अर्थ एउटा जहाजबाट ५ वटा उडान तथा ५ वटा अवतरण मात्रै छ।

यसभन्दा अगाडि हामीले एउटै जहाजबाट ७ देखि ८ वटासम्म उडान गरेका थियौं। अहिले त्यति पनि संख्या छैन। जहाज मर्मतमा कुनै सम्झौता गरेका छैनौं।

जहाजमा सामान्य प्राविधिक समस्या आइरहन्छ। समस्या आएको थाहा पाएपछि सुरुमै मर्मत गछौं। हामीले लुकाएका पनि छैनौं र लुकाउँदैनौं पनि। सुरक्षाको सवालमा शून्य सहनशीलता छ।

जहाजमा समस्या देखिने बित्तिकै प्राविधिक टोलीलाई जहाज सुम्पिने गरेका छौं। यसका लागि हामी एटीआरको पनि सहयोग लिन्छ। अन्तर्राष्ट्रिय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल समेत हामीले पूर्ण रुपमा लागू गरेका छौं। यस विषयमाम छानबीन गर्न ३ सदस्य टोली समेत बनाएका छौं।

प्रवक्ता दीपेन्द्र कर्ण

images

प्रकाशित : सोमबार, असोज ११ २०७८०२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend