मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

बैंकहरूमा एकैदिन १५ अर्ब निक्षेप थपिँदा सीडी रेसियो ८८.८१ प्रतिशतमा झर्‍यो

सोमबार, असार २० २०७९
बैंकहरूमा एकैदिन १५ अर्ब निक्षेप थपिँदा सीडी रेसियो ८८.८१ प्रतिशतमा झर्‍यो

काठमाडौं- असार मसान्त नजिकिँदै जाँदा वित्तीय संस्थाहरुमा निक्षेप आउने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार एकैदिन वित्तीय संस्थाहरमा १५ अर्ब रूपैयाँ निक्षेप थपिएकाे हो। 

शुक्रबारसम्म ५० खर्ब ५ अर्ब निक्षेप रहेकाेमा आइतबार बढेर ५० खर्ब २० अर्ब पुगेकाे हाे। तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा ४४ खर्ब  १८ अर्ब निक्षेप रहेकाेमा आइतबारसम्ममा ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेकाे छ। यता ऋण जारी ठप्प हुँदा उठ्ने क्रम बढेकाे छ। 

४७ खर्ब ११ अर्ब ऋण जारी भएकाेमा घटेर ४७ खर्ब ८ अर्बमा झरेकाे छ। निक्षेप र ऋणकाे अनुपात सीडी रेसियाे भने राष्ट्र बैंकले ताेकेकाे ९० प्रतिशत तल झरेकाे छ। आइतबार  उक्त रेसियो ८८.८१ प्रतिशतमा झरेकाे छ।


प्रकाशित : सोमबार, असार २० २०७९०३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend