मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

मौद्रिक नीतिमार्फत तीनवटा विषयलाई सम्बोधन गरे सेयर बजारले नयाँ उचाइ लिन्छ : छोटेलाल रौनियार

सोमबार, असार २० २०७९
मौद्रिक नीतिमार्फत तीनवटा विषयलाई सम्बोधन गरे सेयर बजारले नयाँ उचाइ लिन्छ : छोटेलाल रौनियार

काठमाडौं- पछिल्लो साता र यो साताको पहिलो दिनकोे सेयर बजारमा देखिएको उत्साहले सुधारको संकेत देखाएको छ। तर बजारमा देखिएको निराशा कम गर्न भने अझै केही कामहरू गर्नु पर्छ।

अहिलेको अवस्थामा यसलाई सकारात्मक संकेत नै भन्नु पर्छ। बजारमा सुधारको संकेत देखिनुमा १/२ वटा कारण छन्। पहिलो कारण लगानीकर्ताको आन्दोलन पनि हो। आन्दोलन पछि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एउटा समिति बनेको छ। यो पनि प्रगतितर्फ नै छ।

अहिले सातामा एउटा बैठक बसेर बजारमा देखिएको समस्याको अध्ययन गर्ने भनिएको छ। एउटा बैठक त बसिसकेको पनि छ। यसबाट पनि केही न केही निष्कर्ष त देखिन्छ नै।

अर्को अर्थ मन्त्रालयले पनि बजारमा देखिएको समस्याको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। त्यसमा नियामकदेखि सरोकारवाला सबैको प्रतिनिधित्व भएको छ। समितिमा राष्ट्र बैंक, अर्थ मन्त्रालय, सेबोन तथा लगानीकर्ता संघहरुका प्रतिनिधिहरु पनि छन्। यो समितिको पनि बैठक बसिसकेको छ।

अर्को मौद्रिक नीति पनि साउनको पहिलो साता आउने भनिएको छ। हामीले त असारभित्रै ल्याउन गर्भनर महाप्रसाद अधिकारीलाई सुझाव दिएका छौँ। हामीले मौद्रिक नीति ल्याउँदा सीडीलाई सीसीडी रेसियो बनाइदिन कुरा गरेका छौँ। अथवा सीडी रेसियोलाई बढाएर ९५ प्रतिशत बनाउन भनेका छौँ। दोस्रोमा हामीले सेयर कर्जाको ४/१२ करोडको सीमालाई खारेज गर्न भनेका छौँ।

तेस्रो विषय सेयर लाेनकाे रिक्स फ्याक्टर १५० गरिएको छ यसलाई सयमा नै झार्न भनेको छौँ।

मुख्यत: यो तीनवटा माग सम्बोधन भएको अवस्थामा बजारमा सुधार आउने र नयाँ अंकको उचाइ देख्न सकिन्छ। 

अर्को हामीले क्यापिटल गेन इन्कम ट्याक्स ३ प्रतिशत र ५ प्रतिशत बनाउन भनको छौँ। तर  सेबोनले ४ र ५ प्रतिशतको गर्नु पर्ने भन्दै अर्थ मन्त्रालयमा सुझाव पठाएको छ। जुन भए पनि एउटा हुन पर्छ भनेका छौँ। अहिले ५ र ७.५ प्रतिशत रहेको छ। हामीले अहिले बजेटमा नआएपनि यो मौद्रिक नीतिमार्फत गर्न भनेका छौँ। विगतमा पनि बजेट पछि भएको नजिर छ।

बजारमा जति नकारात्मक विषय आउनु थियो त्यो त सबै आइसकेको छ। बजार पनि घट्न सक्ने ठाउँसम्म घटिसकेको छ। ३२ सयमा पुगेका बजार १८ सयसम्म आएकै हो। अब साच्चिकै भन्ने हो भने बजार घट्ने ठाउँ छैन।

बजार धेरै प्यानिक भएको हो। एक वर्षभित्र ५० प्रतिशत बजार घटनु भनेको धेरै नै हो। अंककै हिसाबमा ४० प्रतिशत घटेपनि कारोबार समेतलाई हेर्दा ५० प्रतिशतकै हाराहारीमा घटेको छ। अब यो भन्दा तल झर्ने ठाउँ त देखिँदैन।

प्यानिक भएर, असार मसान्तको मार्जिन कल, असार मसान्तको ब्याज र असार मसान्तको क्लोजिङ अर्थतन्त्र भएका कारण कर तिर्नुपर्ने र यी बीचमा मार्जिनल पोलिसी आउँदा पनि केही समस्या देखिएको हो। 

अहिले बजार बढ्न थालेपछि मार्जिनल कल पनि आउन छोडेको छ। अहिले बजारमा लगानी गर्ने  सयम हो। फाइदा हुने सम्भावना ९० प्रतिशत देखिएको छ। तर सेयरमा रिक्स त हुन्छ नै। ४४ खर्ब पुगेको बजार ३० खर्बमा आइसकको छ। १४ खर्ब त लगानीकर्ताले गुमाइसकेका छन्। ४४ खर्ब हुँदा पनि जम्मा १२२ अर्ब लोन हो। अहिले त यो लोन ७० अर्बमा झरिसकेको छ।

यो त २ देखि साढे २ प्रतिशत मात्रै हो। सेयर बजारमा धेरै लोन गएको छैन। हल्ला मात्रै बढी भएको हो। अध्ययन नगरी हचुवाको भरमा हल्ला फैलाइएको विषय हो। ४ करोड र १२ करोड भनेर कडाइ गरेको राष्ट्र बैंकले नै अहिले यो नीति गलत भएको आभास गरिसकेको छ। फेरि पनि ४/१२  करोडकाे लाेन सीमा र रिक्स फ्याक्टर १५० प्रतिशत नै राख्नु भयो भने हामीले भन्नु केही नि छैन।

त्यसो भएन भने पुँजी बजारलाई पुँजी विस्तारको रुपमा नलिएको बुझ्दा हुन्छ।  एभरेजमा ७० प्रतिशत भने पनि ५० प्रतिशतभन्दा बढीले लोन नै पाएका हुँदैनन्। हरेक शुक्रबार उनीहरुले मार्जिन कल हेरेको हुन्छ। हरेक ३/३ महिनामा ब्याज लिएकै हुन्छन्।

सेयर बजारको लोनमा त एक प्रतिशत पनि रिक्स छैन। सेयर बजार घरजग्गा जस्तो होइन। घरजग्गाकै वर्गमा राखेर बजारलाई हेर्नु मुर्खतापूर्ण हुन्छ। १५० प्रतिशत रिक्स फयाक्टर राखियो त्यसबाट पनि बजारमा झन समस्या देखिएको छ। यी तीनवटा जतिमात्र काम हुने हो भने बजार फेरि नयाँ उचाइमा अवश्य पुग्छ।


प्रकाशित : सोमबार, असार २० २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend