शुक्रबार, भदौ ३ गते २०७९

६ महिनामा २ लाख ३७ हजार पर्यटक नेपाल भ्रमणमा, जुन महिनामै भित्रिए ४६ हजार ९५७

images
६ महिनामा २ लाख ३७ हजार पर्यटक नेपाल भ्रमणमा, जुन महिनामै भित्रिए ४६ हजार ९५७

काठमाडौं- नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको छ। नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएसँगै कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र उत्साहित हुँदै गएको छ।

images
images
images

पर्यटन बाेर्डका अनुसार सन् २०२२ को जनवरीदेखि जुनसम्ममा २ लाख ३७ हजार ६ सय ६० विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भ्रमणमा आएका छन्।

२०२२ को जुन महिनामा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०१९ को जुन महिना आएका पर्यटकको तुलनामा भने कम हो।

जुनमा सबैभन्दा धेरै भारतबाट २३ हजार २ सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका छन्। दोस्रो धेरै आउनेमा अमेरिकाबाट रहेको छ। अमेरिकाबाट २०२२ मेमा ८ हजार ९ सय ९० पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

images

प्रकाशित : आइतबार, असार १९ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ