मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सेयर बजार सुधारको संकेतले हौसिए लगानीकर्ता, मौद्रिक नीतिमार्फत मिल्ला साथ?

आइतबार, असार १९ २०७९
सेयर बजार सुधारको संकेतले हौसिए लगानीकर्ता, मौद्रिक नीतिमार्फत मिल्ला साथ?

काठमाडौं- गएको साता १६६.७ अंकको वृद्धि देखिएको सेयर बजारमा यो साताको पहिलो कारोबारमा पनि हरियाली छाएको छ। आइतबार ५७.६१ अंकले बढेर बजार २०८६.३८ बिन्दुमा उक्लिएको छ। 

आइतबार ६२ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। जहाँ १७६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन। 

गएको साताको वृद्धिलाई साथ दिँदै आइतबार देखिएको सुखद अवस्थाले सेयर बजारमा सकारात्मक संकेत गरेको छ। विश्वासको वातावरण नपाइरहेका लगानीकर्ताको पछिल्लो केही कारोबारमा देखिएको उत्साहले बियरिस ट्रेन्डबाट बजार फर्किएको विश्लेषण हुन थालेको छ। 

गएको साता पनि आइतबार उतारचढावका बीच ९४.९२ अंकको वृद्धिसँगै बजार १९५६.९८ बिन्दुमा पुगेको थियो। त्यसपछि सोमबार २३.८५ अंकले घटेको बजार मंगलबार पनि ११.८२ अंकले घटेको थियो। बुधबार भने सुधार देखिँदै ४१.३९ अंकले बढेर बजार १९६२.७१ बिन्दुमा पुगेको थियो। बिहीबार ७४.९३ अंकको वृद्धिसँगै बजार २०३७.६४ बिन्दुमा पुगेको थियो। शुक्रबार ८.८७ को झिनो अंकले घटेको बजारमा यो साता सुखद सुरुवात भएको छ। 

निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा देखिएको सुधारले लगानीकर्ताको विश्वास फर्कने वातावरण बनिरहेको विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिले बजारले अब विस्तारै गति समात्ने उनीहरूको भनाइ छ। विशेष गरी लगानीकर्ताहरू अब आउने मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा देखिन्छन्। 

विशेष गरी लगानीकर्ताहरूले मौद्रिक नीतिमार्फत कर्जा सीमामा परिर्वतनको आश गरेका छन्। संगठित लगानीकर्ताहरू त्यसका लागि नियामक भेट्न दौडधुपमा समेत देखिन्छन्। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी ओरालो लागेको हो। त्यसैले पनि अब आउने मौद्रिक नीतिले गर्ने व्यवस्थाको पर्खाइमा लगानीकर्ता छन्। 


प्रकाशित : आइतबार, असार १९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend