शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

थाई स्माइलको बैंकक-काठमाडौं उडान सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार १८ २०७९
images
थाई स्माइलको बैंकक-काठमाडौं उडान सुरू

बैंकक-काठमाडौं रुटमा हाल नेपाल एयरलाइन्सले हप्तामा चार उडान गर्दै आएको छ। थाइ स्माइलले भने दैनिक उडान गर्ने भएको छ। 

images
images

काठमाडौं- थाई स्माइल एयरवेजले बैंकक-काठमाडौं नियमित उडान सुरू गरेको छ। 

images
images
images

शुक्रबारदेखि एयरवेजले नियमित उडान सुरू गरेको हो। एयरलाइन्सले  एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाजबाट उडान गर्नेछ। 

images
images

आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

images
images

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले यो उडानले यात्रुलाई सहयोग पुग्ने जानकारी दिएका छन्। 

बैंकक-काठमाडौं रुटमा हाल नेपाल एयरलाइन्सले हप्तामा चार उडान गर्दै आएको छ। थाइ स्माइलले भने दैनिक उडान गर्ने भएको छ। 


प्रकाशित : शनिबार, असार १८ २०७९०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend