शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

न्यून वातावरणीय क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने शीर्ष नेताको घोषणा 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार १८ २०७९
images
न्यून वातावरणीय क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने शीर्ष नेताको घोषणा 

अदालतको फैसलापछि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताको टोली स्थलगत अवलोकनका लागि बारा पुगेको थियो। सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रधानमन्त्री देउवा निजगढ पुगेका हुन्। 

images
images

काठमाडौं- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन माग गर्दै परेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पूर्ण फैसला  सार्वजनिक गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताले निजगढको अवलोकन गरेका छन्। 

images
images
images

विमानस्थल निर्माणका लागि भन्दै प्रस्ताव गरिएको ठाउँको हवाई अवलोकनसमेत गरेका शीर्ष नेताले आयोजना कार्यालयबाट जानकारी पनि लिएका थिए। 

images
images

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठनबन्धनका नेताले अवलोकनपछि बोल्दै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन्। अदालतले निजगढमा विमानस्थल बनाउनका लागि कुनै अवरोध नगरेको उनीहरूको भनाइ छ। 

images
images

अदालतको आदेश अनुसार नै विज्ञ समूह बनाएर अध्ययन गरी न्यून वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए।

'हामीलाई एउटा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ। विमानस्थल चाहिएको छ र बनाउने पनि अहिले बनाउने भनिएकै ठाउँमा बन्छ। तर यसमा न्यून वातावरणीय क्षतिको ग्यारेन्टी गरिनेछ'  उनले भने। 

देशको अर्थतन्त्र र रोजगारी सिर्जनाका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको र त्यसका लागि राजधानी काठमाडौंका लागि एउटा विमानस्थल आवश्यक भइसकेको उनको भनाइ छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अब कुनै पनि अवरोध बाँकी नरहेको र सबैलाई समेट्ने गरी आयोजना अघि बढ्ने बताएका छन्। 

'अहिले नै बनिरहेको द्रुत मार्गका लागि पनि यो विमानस्थल चाहिन्छ। अर्थात् त्यसको डिजाइन पनि यो विमानस्थल बन्छ र यही बन्छ भनेर गरिएको छ। बनाउने त यही हो। तर यसका लागि हामीले वृहत अध्ययन गर्नुपर्छ' उनले भने। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल समग्र देशकै विकासको सपना भएको र यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए। 

अदालतको फैसलापछि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताको टोली स्थलगत अवलोकनका लागि बारा पुगेको थियो। सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रधानमन्त्री देउवा निजगढ पुगेका हुन्। 

देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट दुर्गा पौडेल अवलोकनमा पुगेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि निजगढ पुगेका छन्। 



 


प्रकाशित : शनिबार, असार १८ २०७९०७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend