शनिबार, जेठ ५ गते २०८१    
images
images

स्थलगत अवलोकनका लागि प्रधानमन्त्री देउवासहित शीर्ष नेता निजगढमा 

images
शनिबार, असार १८ २०७९
images
images
स्थलगत अवलोकनका लागि प्रधानमन्त्री देउवासहित शीर्ष नेता निजगढमा 

सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रधानमन्त्री देउवा निजगढ पुगेका हुन्। 

images
images

काठमाडौं- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा परेको मुद्दामा अदालतले पूर्ण फैसला गरेपछि शीर्ष नेताको चासो बढेको छ। 

images
images
images

अदालतको फैसलापछि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताको टोली स्थलगत अवरलोकनका लागि बारा पुगेको छ। 

images

सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रधानमन्त्री देउवा निजगढ पुगेका हुन्। 

images
images

देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट दुर्गा पौडेल अवलोकनमा पुगेका छन्। 

images
images

वागतमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ पनि निजगढ पुगेका छन्। 

pmnijfd.jpg

उनीहरुले त्यहाँ नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा आयोजनाका तर्फबाट जानकारी लिनेछन्। त्यस्तै स्थानीय सरोकार पनि उनीहरुले सुन्नेछन्। 

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन माग गर्दै परेको मुद्दामा अदालतले फैसला सुनाउँदै न्यूनतम वातावरणीय क्षति हुनेगरी नयाँ अध्ययन गरेर विमानस्थल बनाउन भनेको छ। 

pmnijgad.jpg

यसअघिको अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा कैफियत देखिएको तथा तथ्यमा आधारित नभएको भन्दै अदालतले नयाँ प्रक्रियाबाट जान पनि आदेश दिएको छ। 

अदालतमा मुद्दा विचाराधीन  नभएको भए चुनावअघि नै विमानस्थल परियोजना अघि बढाउन प्रधानमन्त्री देउवासहित शीर्ष नेता सहमत थिए। निजी लगानी नआएको तथा सरकारी लगानीमा सम्भव  नहुने बताइएको यो परियोजनामा जीटूजी वा सिधै छनौट विधीबाट लगानीकर्ता खोज्ने बिकल्पमा देउवाले छलफल अघि बढाएका थिए। 

 


प्रकाशित : शनिबार, असार १८ २०७९०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend