शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नेपाल एयरलाइन्सले सुरु गर्‍यो नयाँ वेबसाइट, एक महिनाभित्रै घरमा बसीबसी टिकट लिन सकिने

images
शुक्रबार, असार १७ २०७९
images
नेपाल एयरलाइन्सले सुरु गर्‍यो नयाँ वेबसाइट, एक महिनाभित्रै घरमा बसीबसी टिकट लिन सकिने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६४औं वार्षिकोत्सव मनाएको छ। निगमले केन्द्रीय कार्यालयमा नै नयाँ वेबसाइट लन्च गर्दै कार्यक्रम मनाएको हो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६४औं वार्षिकोत्सव मनाएको छ। निगमले केन्द्रीय कार्यालयमा नै नयाँ वेबसाइट लन्च गर्दै कार्यक्रम मनाएको हो।

images
images
images

निगमले अनलाइनबाटै टिकट बुकिङमा सहज हुने गरी नयाँ वेबसाइट लन्च गरेको हो। साइटको लन्च संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरेका थिए।

images
images

निगमले साइट लन्च गर्दै अबको एक महिना भित्रै नेपाल एयरलाइन्स मार्फत हवाई यात्रा गर्नेले अनलाइनबाटै टिकट काट्न पाउने निगम महाप्रबन्धक दीपु ज्वार्चनले बताए। ज्वार्चनले निगमका अगाडि  चुनौतीहरु रहे पनि  सामुहिक प्रयासको माध्यमले सफलतातिर लाग्न सकिन्छ बताए।

images
images

नयाँ काम थाल्नेतिर भन्दा पहिलो चरणमा पुराना योजना पुरा गर्ने तिर निगमले प्रयास थालेको उनले बताए। ‘संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउने तर्फ निगमको प्रयास रहने छ’, उनले भने, ‘तर त्यसमा एक्लो व्यक्तिको प्रयास मात्र पर्याप्त नहुने भएकोले निगमका समस्त कर्मचारीको सहयोगको चाहिन्छ।’


प्रकाशित : शुक्रबार, असार १७ २०७९१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend