बिहीबार , असोज ३ गते २०८१    
images
images

सेयर बजार बियरिस ट्रेन्डबाट फर्किएको हो? आउने साता पनि रहला १६६ अंक वृद्धिको साथ?

images
शनिबार, असार १८ २०७९
images
images
सेयर बजार बियरिस ट्रेन्डबाट फर्किएको हो? आउने साता पनि रहला १६६ अंक वृद्धिको साथ?
images
images

काठमाडौं- साताभरको कारोबारमा सुखद अवस्था देखिएको सेयर बजारले आउने साताका लागि पनि सकारात्मक संकेत गरेको छ। विश्वासको वातावरण नपाइरहेका लगानीकर्ताको पछिल्लो केही कारोबारमा देखिएको उत्साहले कम्तिमा बियरिस बजार 'क्रयास' सम्म नपुग्ने देखिएको छ। 

images
images
images

साताभरको अवस्था हेर्दा बजारमा १६६.७ अंकको वृद्धि देखिएको छ। यो साता आइतबार उतारचढावका बीच ९४.९२ अंकको वृद्धिसँगै बजार १९५६.९८ बिन्दुमा पुगेको थियो। सोमबार २३.८५ अंकले घटेको बजार मंगलबार पनि ११.८२ अंकले घटेको थियो। बुधबार भने सुधार देखिँदै ४१.३९ अंकले बढेर बजार १९६२.७१ बिन्दुमा पुगेको थियो। बिहीबार ७४.९३ अंकको वृद्धिसँगै बजार २०३७.६४ बिन्दुमा पुगेको थियो। 

सेयर बजार २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि २०७६ मंसिर १० गते ११०२ अंकसम्म झरेको सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। त्यसयता लगातार उतारचढाव हुँदै घटिरहेको बजारमा यो साताको कारोबारले भने सुखद संकेत नै गरेको छ। 

निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा देखिएको सुधारले लगानीकर्ताको विश्वास फर्कने वातावरण बनिरहेको विश्लेषकहरू बताउँछन्। पुँजी बजार नियामकहरूको साथ मिले बजारले अब विस्तारै गति समात्ने उनीहरूको भनाइ छ। 

images

सेयर विश्लेषकहरू बजार उच्च अंकबाट धेरै नै तल झरिसकेकोले अब थामिने अवस्थामा नै रहेको बताउँछन्। अब भने एक दिनको ठूलो उछाल र बाँकी समय तल गिर्ने अवस्थाबाट बजार फर्किएको विश्लेषण भइरहेका छन्। यसले बजारमा सकारात्मक संकेत गरिरहेको छ। 

संगठित लगानीकर्ताहरूले सेयर बजारमा नियामकीय सुधारका लागि निरन्तर दबाब पनि दिइरहेका छन्। नेपाल धितोपत्र बोर्ड तथा अर्थ मन्त्रालयले पनि बजारको पछिल्लो अवस्था सुधार हुनुपर्ने भन्दै त्यसका लागि काम गरिरहेको बताएका छन्। विशेष गरी नेपाल राष्ट्र बैंकले अब आउने मौद्रिक नीतिमार्फत कस्तो सम्बोधन गर्छ भन्ने पर्खाइमा लगानीकर्ता देखिन्छन्।

बजारले सुधारको संकेत गरिरहँदा केही ठूला लगानीकर्ताको भित्री चलखेलमा हुने उछाल नभइ आम लगानीकर्ता विश्वस्त हुन सक्ने आधारको खोजी भइरहेको छ। बजार बढ्ने संकेतहरू देखिइरहेको अवस्थामा केही सुधारका प्रयासहरू पनि भइरहेका छन्। 

बिहीबार नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन् (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ। यस्तो व्यवसथा हटेसँगै अब वास्तविक खरिदकर्ता र बिक्रीकर्तामात्र 'टीएमएस'मा हुनेछन्। यसले फर्जी माग र आपूर्ती देखाउने सम्भावना हटाउने छ। जस्तो कि यसअघि कसैले एक सय कित्ता सेयरमध्ये आफूले बेच्न राखेको पूरै कित्ता सेयर खरिद गर्ने खरिदकर्ता नभएसम्म बिक्री नै नहुने गरी पनि सेयर बिक्रीमा राख्न सक्थे, जुन अब पाइने छैन। 

संगठित लगानीकर्ताहरूले सेयर बजार निरन्तर घटिरहेको र नियामकले ध्यान नदिएको भन्दै गरेको आन्दोलनमा यस्तो प्रावधान हटाउन माग गरेका थिए। माग सम्बोधन हुनेगरी नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो। यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो।

सेयर बजारको पछिल्लो अवस्था नियाल्दा आगामी सातामा बजारमा ठूलो परिर्वतन नदेखिने सेयर विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थाले बजार यही बिन्दुनजिक नै स्थिर रहँदै केही अ‌ंकमात्र तलमाथि हुने संकेत गरिरहेको उनीहरूको भनाइ छ। नियामकीय निकायमार्फत चालिने कदमले भने मौद्रिक नीतिपछि बजारको यात्रा तय हुने विश्लेषकहरूको राय छ। 


प्रकाशित : शनिबार, असार १८ २०७९०३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend