मंगलबार, मंसिर ११ गते २०८१    
images
images

काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
images
images
काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

चालु आवको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ।

images
images

काठमाडौं- नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात। नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ। 

images
images
images

नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन्। तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ।

images

व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ। एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ। त्यसको मूल्यमात्रै ४९ हजार बराबर छ। सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ। 

images

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ। उक्त परिमाणमा काजु आयात गर्नका लागि एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ। त्यसबाट सरकारले ३४ करोड ४७ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ।

भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ। भारतबाट मात्रै ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ। 

त्यस्तै चालु आवको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ। अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ। अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ। नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुनसक्छ। नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन्।

६९ करोड ६० लाखको ओखर आयात

विभागका अनुसार यस अवधिमा ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ। नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर गएको हो। 

ओखर आयात गर्दा मात्रै मुलुुकले २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व सङ्कलन गरेको छ। छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ। चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर रु ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ। बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ। 

त्यस्तै छ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल छ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ। जसमा सुकेका छोकडा चार करोड १३ लाख ७३ हजार बराबरका छन् भने ताजा छोकडा दुई करोड २३ लाख ८८ हजारका बराबरका छन्। 

एक अर्बको सुपारी आयात 

त्यस्तै चालु आवको गएको ११ महिनामा एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ। उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो। नेपालले सुपारीको निर्यातसमेत गर्दछ। तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ। नेपालले यस अवधिमा ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ। 

विभागका अनुसार यस्ता अन्य ड्राइफ्रुट्स रु एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ। त्यसबाट सरकारले ७३ करोड ६७ लाख १५ हजार राजस्वसमेत सङ्कलन गरेको छ। नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ। नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो रु ४० हजार मूल्यमा आयात गरेको छ।

बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा स्वभाविक नै भएको बताइएको छ। रासस


प्रकाशित : शुक्रबार, असार १७ २०७९१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend