मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सेयर कारोबारमा बिक्रीतर्फ पनि 'एओएन' व्यवस्था हट्यो, ठूला लगानीकर्ताको चलखेल कम हुने विश्वास

बिहीबार , असार १६ २०७९
सेयर कारोबारमा बिक्रीतर्फ पनि 'एओएन' व्यवस्था हट्यो, ठूला लगानीकर्ताको चलखेल कम हुने विश्वास

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन् (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ।

यस्तो व्यवसथा हटेसँगै अब वास्तविक खरिदकर्ता र बिक्रीकर्तामात्र 'टीएमएस'मा हुनेछन्। यसले फर्जी माग र आपूर्ती देखाउने सम्भावना हटाउने छ। जस्तो कि यसअघि कसैले एक सय कित्ता सेयरमध्ये आफूले बेच्न राखेको पूरै कित्ता सेयर खरिद गर्ने खरिदकर्ता नभएसम्म बिक्री नै नहुने गरी पनि सेयर बिक्रीमा राख्न सक्थे, जुन अब पाइने छैन। 

संगठित लगानीकर्ताहरूले सेयर बजार निरन्तर घटिरहेको र नियामकले ध्यान नदिएको भन्दै गरेको आन्दोलनमा यस्तो प्रावधान हटाउन माग गरेका थिए। माग सम्बोधन हुनेगरी नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो। यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो।

खरीद तथा बिक्रीमा एओएन राखेर ठूलो माग वा बिक्री देखाएर ठूला लगानीकर्ताले बजारलाई प्रभावित बनाउने गरेको आरोप लाग्दै आएको छ। यस्तो व्यवस्था हटेसँगै ठूला लगानीकर्ताको बजार चलखेल कम हुने विश्वास गर्न सकिने सेयर विश्लेषकहरू बताउँछन्। 

nepal-stock-notice1.jpg


प्रकाशित : बिहीबार , असार १६ २०७९१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend