सोमबार, वैशाख ३१ गते २०८१    
images
images

हरित, उत्थानशील तथा समावेशी विकासमा विश्व बैंकको जोड

images
बिजनेस न्युज
images
images
हरित, उत्थानशील तथा समावेशी विकासमा विश्व बैंकको जोड

कोभिड-१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष सेफरले दोहोर्याए। 

images
images

काठमाडौं- विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविग सेफरले नेपालको हरित, उत्थानशील र समावेशी विकासमा जोड दिएका छन्। ५ दिने नेपाल भ्रमणमा आएका सेफरले यस्तो बताएका हुन्। 

images
images
images

असोज ७ गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनमा काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको सहभागी भएको थियो। उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ।

images

कोभिड-१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष सेफरले दोहोर्याए। 

images

प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग अलग भेट गर्दै उपाध्यक्ष सेफरले नेपालको कोभिड-१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनुरूत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको प्रसंशा गरे।

images
images

‘२०७२ सालको भुकम्प लगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथी उठेको र कोभिड-१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ हार्टविग सेफरले भने। 

प्रादेशिक मुख्यमन्त्रीहरु, मेयरहरु र निजी क्षेत्रका प्रतिनिधिसँग समेत उपाध्यक्ष सेफरले छलफल गरेका थिए। प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि अवलोकन गरेका थिए। 

images

प्रकाशित : सोमबार, असोज ११ २०७८१२:२३
  • सम्बन्धित विषय:

  • # विश्व बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend