बिहीबार , वैशाख १३ गते २०८१    
images
images

लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ

images
बिजनेस न्युज
images
images
लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ
images
images

लुम्बिनी- किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन्। मल र सिँचाइको अभावका कारण असार मध्यसम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन। लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। 

images
images
images

गतवर्ष यस अवधिमा प्रदेशभरिमा झण्डै ४६ प्रतिशत धान रोपाइँ भएको थियो। मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीन लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। धान रोपाइँ हुने जमिनको कूल क्षेत्रफलमध्ये यसवर्ष आजसम्म एक लाख चार हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिए। 

images

प्रदेशका १२ जिल्लामध्ये रोपाइँ भएका जिल्लामा सबैभन्दा धेरै पश्चिम नवलपरासी जिल्लामा ८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ। पश्चिम नवलपरासीमा २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ। यसमध्ये हालसम्म १६ हजार ९४० हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्याङ्क छ। यस्तै बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा हुने गर्छ। यहाँ यस वर्ष हालसम्म चार हजार ७४५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। 

images

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धानखेती हुने कपिलवस्तु हो। यस जिल्लामा कूल ७१ हजार २०० हेक्टर जमिनमा धान खेती हुने गर्छ। यस जिल्लामा अहिले सम्ममा जम्मा १२ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए। प्रदेशको दोस्रो धेरै धानखेती हुने जिल्ला रुपन्देहीमा भने हालसम्म ४१ प्रतिशत रोपाइँ सकिएको छ।

images
images

यता लुम्बिनी प्रदेशमा सबैभन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाइँ सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाइँ सकिएको छ। रुकुम पूर्वमा धान रोपाइँ हुने एक हजार ४१९.४२ हेक्टरमध्ये ९२२.६२ हेक्टर क्षेत्रफमा रोपाइँ सकिँदा रोल्पामा चार हजार ३४० हेक्टरमध्ये दुई हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ।

यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य दाङ र बर्दिया जिल्लामध्ये दाङमा कूल धान रोपाइ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टर अर्थात् ३१.५० प्रतिशत क्षेत्रफलमा र बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टर अर्थात् ३४.७८ प्रतिशतमा धान रोपाइ सकिएको छ।

यता प्रदेशका पहाडी जिल्ला अर्घाखाँचीमा धानखेती हुने कूल ८ हजार ५० हेक्टरमध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफल अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको गौतमले जानकारी दिए। 

यस्तै गुल्मीमा कूल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८५.७२ हेक्टर अर्थात् २७ प्रतिशतमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टरमध्ये दुई हजार ६९७.१० हेक्टर क्षेत्रफल अर्थात् ३५ प्रतिशत रोपाइँ सकिएको छ। यता प्यूठान ६० प्रतिशत रोपाइँ सकिएको छ। जिल्लाको कूल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टरमध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा रोपाइँका लागि प्रायः आकासे पानीको भर पर्नुपर्ने भएकाले यसवर्ष पानी पर्न केही ढिला हुँदा रोपाइँमा पनि ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए। यस प्रदेशमा करिब ५० प्रतिशत जमिनमा आकासे पानीको भरपर्नुपर्ने अवस्था रहेको उनले बताए। उनले दुई दिनदेखि लगातार पानी परेकाले असार भरिमा प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने बताए।

रोपाइँका समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यसवर्ष धेरै किसानले मलबिनै रोपाइँ गर्नुपरेको किसानको गुनासो छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार साल्टट्रेडिङ लिमिटेडले प्रदेशभरिका लागि अहिले डिएपी वितरण गरेको तर त्यो किसानका लागि प्रर्याप्त नभएको बताउँछन्। यस्तै युरिया भने धानमा छर्ने बेलासम्म आउने आश्वासन मिलेको बताउँछन्। रासस 

images

प्रकाशित : बिहीबार , असार १६ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस