आइतबार, भदौ २३ गते २०८१    
images
images

‘टुरिजम फर इन्क्लुसिव ग्रोथ’ भन्ने नाराका साथ ४२ औ विश्व पर्यटन दिवस मनाइयो

images
सोमबार, असोज ११ २०७८
images
images
‘टुरिजम फर इन्क्लुसिव ग्रोथ’ भन्ने नाराका साथ ४२ औ विश्व पर्यटन दिवस मनाइयो

४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।

images
images

काठमाडौं- ४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटन सँग सम्बन्धित संस्थाहरुको सहकार्यमा आज नेपालमा यो कार्यक्रम मनाएको हो। 

images
images
images

टुरिजम फर इन्क्लुसिव ग्रोथ नाराका साथ मनाईको यो वर्षको पर्यटन दिवसमा पर्यटन बोर्डले साइकल र्याली,बृक्षारोपण तथा बोर्डमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। 

बोर्डमा आयोपजत कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष यादव प्रसाद कोईरालाले कोभिड महामारीले गर्दा विगत डेढ वर्ष देखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपायहरु अपनाउँदै र अंगाल्दै चलायमान बनाउनु पर्ने बताए। उनले पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकोले त्यसको अनुशरण गर्दै अगाडि बढ्न व्यवसायीलाई आग्रह समेत गरेका छन्। 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिड महामारी र त्यसबाट सृजित बन्दाबन्दिले पर्यटन व्यवसायमा ठुलो परेको उल्लेख गर्दै राज्यले समेत यसको प्रर्वद्धनमा विशेष चासो दिनु पर्ने धारणा राखेका छन्। उनले यो महामारीबाट प्रत्यक्ष, अप्रत्यक्ष गरी करीब १० लाख जनशक्तिको रोजगार संकटमा परेको बताउँदै पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीको लागि बोर्डले युएनडीपीसँगको सहकार्यमा अल्पकालीन रोजगारीको कार्यक्रम शुरु गरेको जानकारी दिए। 

images

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका लागि नयाँ सुरक्षा प्रोटोकल सार्वजनिक भैसकेकोेले त्यसका आधारमा विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानु पर्ने धारणा राखेका थिए। 

उनले पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन समय लाग्ने भएपनि सरकार र निजी क्षेत्र मिलेर काम गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनका सकारात्मक उर्जा मिल्ने धारणा राखेका थिए। 

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले कोभिडको कारण विगत वर्षहरुमा धेरै काम गर्न नसकिएको बताउँदै विगत वर्षहरुमा पर्यटनमा उत्कृष्ट योगदान गर्ने संस्था तथा व्यक्तिलाई यो वर्ष सम्मान गरिएको बताए। 
 


प्रकाशित : सोमबार, असोज ११ २०७८१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend