बिहीबार , असोज ३ गते २०८१    
images
images

बेरुजु फर्स्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
images
images
बेरुजु फर्स्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। 

images
images
images

‘यस वर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको छ’ महालेखा परिक्षकको कार्यालयले ६४ औं वार्षिकोत्सव कार्यक्रम अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ।’

उनले लेखा परिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए। बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समिक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उनले बताए। 

‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने।

images

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षण गर्नुपर्ने जिम्मेवारी पुरा गरी बित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झै यस वर्षपनि महालेखा परिक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे। 

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको बताइन्।

उनले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गरिन्। महालेखा परिक्षकको प्रतितवेदनले हरेक वर्ष बेरुजु बढ्दै गएको तथ्ये औंल्याउने भएकाले सुधारको खाँचो रहेको उनले बताइन्।


प्रकाशित : बुधबार, असार १५ २०७९१०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend