बिहीबार , वैशाख १३ गते २०८१    
images
images

महिन्द्रा स्कर्पियो एन : एसयूभी सेगमेन्टको दबदबा कायमै राख्ला?

images
images
images
महिन्द्रा स्कर्पियो एन : एसयूभी सेगमेन्टको दबदबा कायमै राख्ला?

स्कर्पियो एनमा भएको डिजाइन र विशेषताले मिडसाइज एसयूभी किन्न चाहने उपभोक्तालाई आकर्षित गर्ने महिन्द्रा एन्ड महिन्द्राका कार्यकारी निर्देशक राजेश जेजुरिकरले स्कर्पियो एन सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

images
images

काठमाडौं- भारतीय कार उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले पहिलो पटक सन् २००२ मा ‘इन्डियन फ्लेवलर’को एसयूभी (स्पोर्टस युटिलिटी भेहिकल) स्पर्कियो सार्वजनिक गर्‍यो। त्यसको ठीक दुई दशकपछि अर्थात २०२२ मा महिन्द्राले नयाँ स्कर्पियो सार्वजनिक गरेको छ। 

images
images
images

स्कर्पियोको डिजाइनका साथै लोगो समेत नयाँ भएर आएको छ। यो कार महिन्द्राले भातर, नेपाल तथा दक्षिण अफ्रिकी बजारमा सोमबार एकै साथ सार्वजनिक गरेको हो। महिन्द्राले स्कर्पियोको नाम पनि स्कर्पियो एन राखेको छ। भरतीय बजारमा यो करको मूल्य ११ लाख ९९ हजारदेखि १८ लाख ९९ हजार भारु तोकेको छ। त्यस्तै डिजेल भर्सनको मूल्य १२ लाख ४९ हजारदेखि १९ लाख ४९ हजार भारुसम्म तोकिएको छ।

images

स्कर्पियो एनमा भएको डिजाइन र विशेषताले मिडसाइज एसयूभी किन्न चाहने उपभोक्तालाई आकर्षित गर्ने महिन्द्रा एन्ड महिन्द्राका कार्यकारी निर्देशक राजेश जेजुरिकरले स्कर्पियो एन सार्वजनिक गर्दै यस्तो बताएका हुन्। स्कर्पियो एनले उपभोक्ताको मन जित्ने र महिन्द्राको बजार हिस्सा बढाउनमा सहयोग पुग्ने विश्वास उनको छ। 

images

स्कर्पियो एनको प्रत्यक्ष प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुनलगायत अन्य ब्रान्डका एसयूभीसँग हुनेछ। पूर्णरुपमा नयाँ प्लेटफर्ममा बनेकाले यो एसयूभीले टोयोटा फर्चुनर, जिप मेरिडियन तथा एमजी ग्लोस्टरजस्ता प्रिमियम एसयूभी खोज्ने उपभोक्तालाई समेत आकर्षित गर्ने दाबी कम्पनीको छ।

images
images

Scorpio_N-PR Photo.jpg

महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेसँगै स्कर्पियो एससहित ३ वटा नयाँ कार सार्वजनिक गरिसकेको छ। भारतीय बजारमा २०२० अगस्ट १५ मा नयाँ थार र २०२१ अक्टोबर ३० मा एक्सयूभी ७०० सार्वजनिक गरेको थियो। नयाँ थार र एक्सयूभी ७०० भने नेपाली बजारमा सार्वजनिक भएको छैन। 

थारको मागअनुसार उत्पादन हुन नसक्दा भारतमै समेत बुकिङ गरेर कुर्नुपर्ने समय ६ महिनाभन्दा बढी रहेको छ। उत्पादन पर्याप्त नहुनुमा चिप अभाव नै हो। यद्यपी थार तथा एक्सयूभी ७०० को बिक्री भारतमा राम्रो रहेको तथ्यांक छ। 

स्कर्पियो एनबाट समेत महिन्द्रा एन्ड महिन्द्राले ठूलै अपेक्षा राखेको छ। त्यसैले यो कार भारत, नेपाल दक्षिण अफ्रिकामा एकैपटक सार्वजनिक गरिएको हो। नेपाल स्कर्पियोको राम्रो बजार हो। बाटो सुहाउदो, शक्तिशाली र तुलनात्मक रुपमा सस्तो एसयूभी भएकाले स्पर्पियो धेरै नेपालीको रोजाइमा परेको हो। 

स्कर्पियो एन आएपनि महिन्द्राले केही परिमार्जन गरेर पुरानो भर्सनको स्कर्पियोको बिक्रीलाई पनि निरन्तर्ता दिने कम्पनीले जनाएको छ। 

महिन्द्राले भारतमा आर्थिक वर्ष ०२० १ लाख ८० हजार, २०२१ मा २ लाख ८० हजार र २०२२ मा २ लाख २५ हजार ६ सय ७८ वटा प्यासेन्जर कार बिक्री गरेको थियो।   

के छ स्कर्पियो एनमा 

अल-न्यू स्कर्पियो एनलाई यसको प्रभावशाली उपस्थिति, हेडटर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ। यसबाहेक आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमता दिन्छ। 

स्कर्पियो एनको सुरवातले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ। ‘ट्विन पिक’ लोगोका खास विशेषता त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ। 

scropio1.jpeg

इटालीको पिनिनफरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र अमेरिकामा रहेको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित स्कर्पियो एन साँच्चिकै एक वैश्विक उत्पादन भएको दाबी कम्पनीको छ।

ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक सुरक्षा र प्रविधिले भरिएको, स्कर्पियो एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो कि यसले खेलला एनको शक्तिसम्म पुर्‍याउँछ। नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरुका लागि नयाँ स्कर्पियो एनलाई इञ्जिनियरिङ गरिएको छ।

नयाँ तेस्रो पिढीको बडी-अन-फ्रेम प्लेटफर्ममा निर्माण गरिएको स्कर्पियो एनले अग्रणी वर्ग संरचनात्मक कठोरता, अफरोड क्षमता र उदाहरणीय अनरोड व्यवहारको यसको उचाइ बढाउने छ। स्कर्पियो एनमा १४९.१४ किलोवाट (२०० पीएस) पावर र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन पेट्रोल इन्जिन रहेको छ।

त्यस्तै १२८.६ किलोवाट ९१७५ पीएस पावर र ४०० एनएम टकको एमहक डिजेल इन्जिन रहेको छ। दुवै भर्सनमा म्यानुअल र अटोमेटिक ६ स्पीड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पमा उपलब्ध छ। 

नेपाली बजारमा अग्नी ग्रप अन्तर्गतको अग्नी इनकर्पोरेटेडले महिन्द्राका प्यासेन्जर कार बिक्री गर्दै आएको छ। नयाँ स्कर्पियो एन सार्वजनिक गरेपनि अग्नीले यसको मूल्य भने सार्वजनिक गरेको छैन। 

images

प्रकाशित : बिहीबार , असार १६ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस