मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सिभिल क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त 

बुधबार, असार १५ २०७९
सिभिल क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त 

काठमाडौं- सिभिल क्यापिटल मार्केट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएका छिन्।

सिभिल बैंक लिमटेडको सहायक कम्पनी सिभिल क्यापिटल मार्केट लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट घिमिरेलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

२०७९ असार ३ गते बसेको सिभिल क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको १४३ औं बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको हो। एनआईसी एशिया बैंक लिमिटेडबाट बैंकिंङ यात्रा सुरु गरेकी घिमिरे गत माघ महिना बाट सिभिल बैंक लिमिटेडको स्ट्राटेजिक म्यानेज्मेन्ट अफिसमा आबद्ध रहि कार्य गर्दै आएका थिए।

विगत १३ बर्षदेखि सेवारत सिभिल क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ। सिभिल क्यापिटल मार्केट लिमिटेडले शुरुदेखि हालसम्म ३० वटा  आइपीओ, आरटीएस ३५ वटा, राइट सेयर ३२ वटा, सेयर समायोजना २० वटा) विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ ।


प्रकाशित : बुधबार, असार १५ २०७९०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend