शनिबार, असोज १३ गते २०८०    

प्रदेश नं १ मा १८ प्रतिशत रोपाइँ सम्पन्न

images
बिजनेस न्युज
प्रदेश नं १ मा १८ प्रतिशत रोपाइँ सम्पन्न
images

विराटनगर- मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ। प्रदेश नं १ मा गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य ६ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ।

images

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा ३ हजार ७ सय ४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८ सय ९ र तराईमा ३३ हजार ७ सय ४५ हेक्टर जग्गामा रोपाइँ भएको छ।

images

वर्षेधान बालीका निम्ति आवश्यक पर्ने रासायनिक मलमा युरिया र डिएपीको अभाव रहेको कृषकहरुको गुनासो छ भने युरिया पाउँदा डिएपी नपाउने र डिएपी पाउँदा युरिया नपाउने स्थितिलाई समाप्त पारी कृषकलाई युरिया र डिएपीसँगै दिनुपर्ने प्रदेश सभासदस्य चुमनारायण तवदारले जानकारी दिए।

images

यसैगरी यस वर्ष धानवर्षका अवसरमा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराले किसानलाई राहत प्रदान गर्न सरकार किसानको मागमा गम्भीर हुनुपर्ने सदस्य तवदारको भनाइ छ। रासस

images

images

प्रकाशित : बुधबार, असार १५ २०७९१२:५२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ