सोमबार, असोज ७ गते २०८१    
images
images

बुटवल-चनौटा सडक स्तरोन्नतिमा विश्व बैंकले ३४ अर्ब लगानी गर्ने, बजार क्षेत्रमा सार्वजनिक शौचालयदेखि नि:शुल्क वाईफाई 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
images
images
बुटवल-चनौटा सडक स्तरोन्नतिमा विश्व बैंकले ३४ अर्ब लगानी गर्ने, बजार क्षेत्रमा सार्वजनिक शौचालयदेखि नि:शुल्क वाईफाई 

सडकको स्तरोन्नतिपछि व्यापार तथा उद्यमशीलतामा विकास हुने, महिला सहभागिता तथा समाजिक विकासका क्षेत्रमा परिणाम देखिने बैंकको विश्वास छ। 

images
images

काठमाडौं- विश्व बैंकले पूर्वपश्चिम राजमार्गको ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि फेरि लगानी गर्ने भएको छ। बैंकले बुटवल- गोरुसिंगे- चनौटा खण्डको स्तरोन्नतिमा ३४ अर्ब ७४ करोड बराबरको ऋण लगानी गर्ने भएको छ। 

images
images
images

बैंकले एक्सिस प्रोजेक्टका नाममा नेपालमा २७ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने भएको हो। 

यो परियोजना अन्तर्गत दुई लेन सेक्सनमा स्तरोन्नतिको काम हुने छ। अहिले नै दुई लेन भएको राजमार्गमा अहिले नारायणघाटदेखि बुटवल खण्डको काम भइरहेको छ। 

सुरक्षित यातायातका लागि पूर्वाधार निर्माणमा काम गरिने बैंकले उल्लेख गरेको छ। पूर्वाधार बनेपछि यो खण्डको यात्रा समय ३० प्रतिशत घट्ने छ। 

images

सडकको स्तरोन्नतिपछि व्यापार तथा उद्यमशीलतामा विकास हुने, महिला सहभागिता तथा समाजिक विकासका क्षेत्रमा परिणाम देखिने बैंकको विश्वास छ। 

सडकको पूर्वाधारसँगै यो परियोजना अन्तर्गत बजार क्षेत्रमा अरु पूर्वाधार पनि निर्माण हुनेछन्। बजार क्षेत्रमा महिलाका लागि छुट्टै सार्वजनिक शौचालय निर्माण हुनेछन्। नि:शुल्क वाईफाईसँगै डिजिटल बोर्ड निर्माण हुनेछन्। 


प्रकाशित : बुधबार, असार १५ २०७९०६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend