काठमाडौं- सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। मंगलबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९७ हजार ८ सयमा कारोबार भइरहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।